प्रवल सम्भावना : मान सिंह धामी (लघुकथा)

प्रवल सम्भावना : मान सिंह धामी (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २५ ।

विद्यालयको भित्तामा झुण्डिएको एक कालोपटि थियो ।
त्यसमा झन्नै तिन दशकसम्म उनले सानो सानो एक डाँडो बराबर खरिले लेख्दै मेटदै लेख्दै मेटदै गरेर बिताएका थिए ।
त्यो कालोपाटि पनि लेखिदा पुछिदा घोटिएर उपरान्तमा केही नलेखिने वा नदेखिने वा समकालीन समाज जस्तै भइसकेको थियो ।
घनश्याम फुर्सदमा थिए ।
उनले भन्दै थिए, ‘त्यो कालोपाटी र लेखिएका मेटिएका अक्षरको समेत कथा लेख्छु ।’
नयाँ समाजले इमान्दार माष्टरलाई लेखनमा काम दिने सुचना टांसेको खबरले समाजले इमान्दार लेखक पाउन सक्ने राम्रो सम्भावना थियो । किनकी घनश्याम झोले माष्टर थिएनन् । नयाँ साहित्य आउने प्रवल सम्भावना थियो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।