बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का सदस्य राजु भण्डारी माथि अभद्र व्यवहार , प्रहरीमा निवेदन

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का सदस्य राजु भण्डारी माथि अभद्र व्यवहार , प्रहरीमा निवेदन

कपन अनलाइन
काठमाडौं, चैत २२।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का सदस्य राजु भण्डारी माथि अभद्र व्यवहार  गरिएको छ ।

वडा नं ६ को ओखलगाउँमा रहेको सार्वजनिक जग्गा संरक्षणका लागि नापी कार्यालयका प्रतिनिधि सहित पुगेका सदस्य भण्डारीले आफु  माथि दुर्व्यवहार भएको भन्दै प्रहरी वृत महाराजगंजमा निवेदन दिएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ओखल गाउँका परमेश्वर केसी सहित उनकी श्रीमती र छोरीले कुटपिट गर्ने धाक धम्की दिदै दिएको भन्दै निवेदन दिएका भण्डारीले शान्ति सुरक्षाको माग समेत गरेका छन।

भोलि चैत्र २३ गते बुढानिलकण्ठ नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समिति र न्यायिक समितिमा समेत उजुरी दिने बताउदै सदस्य भण्डारीले सो स्थानमा भएको सार्वजनिक जग्गा संरक्षण गर्ने कार्य जारी रहने धारणा राखेका छन।

 

तपाइँको प्रतिक्रिया ।