गोकर्णेश्वरमा अन्तर वडा दोस्रो खुल्ला भेट्रान मेयर कप  सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौँ, चैत्र १७ । गोकर्णेश्वर नगरपालिकामा अन्तर वडा दोस्रो खुल्ला भेट्रान मेयर कप  सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ। स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलाडी भन्ने मुल नाराको साथमा ग्राम निर्माण बन्धु मण्डल क्लबको आयोजनामा चैत्र १८ गते देखि गोकर्णेश्वर ५ स्थित   ईष्ट  पोल माविको  खेल मैदानमा हुने उक्त प्रतियोगितामा सहभागिता हुन आयोजकले जानकारी गराएको छ ।

क्लवले ३५ बर्ष कटेका भेट्रान खेलाडीलाई खेलको माध्यमबाट स्वास्थ राख्ने तथा सामाजिक विकृति हटाउने उद्देश्य  सहित प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जानकारी गराएको छ।प्रतियोगितामा बिजयी  हुने टिमले  नगद पुरस्कार सहित  ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने समेत आयोजकले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।