बुढानिलकण्ठमा प्रभु बैंकको एकलौटी मनोमानी,खाता परिवर्तन गर्न नगरपालिकालाई चर्को दवाव

बुढानिलकण्ठमा प्रभु बैंकको एकलौटी मनोमानी,खाता परिवर्तन गर्न नगरपालिकालाई चर्को दवाव

कपन अनलाइन

काठमाडौं ,चैत्र १६।

निकै लामो समयदेखी बुढानिलकण्ठ नगरपालिकाको आर्थिक पक्ष संचालन गरिरहेको प्रभु बैंकको सेवा प्रभावकारी नभएको भन्दै खाता परिवर्तनका लागि चर्को दवाव परेको छ।

विभिन्न चाडपर्वमा थरीथरी ब्रान्डका सोमरस लिएर नगर प्रमुख संग भेटघाट गर्ने र केहि थान कर्मचारीहरुलाई रेफ्रेसमेन्ट गराउदै वर्षौ देखि नगरपालिकाको अर्बौ रकम उपयोग गरिरहेको प्रभु बैंकको हात्तिगौड़ा शाखाले सेवाग्राहीलाई प्रदान गर्ने सेवामा भने लापरवाही गरेको भन्दै वडा अध्यक्षहरुले खाता परिवर्तनको माग गरेको श्रोतले जानकारी दिएको छ।

बुढानिलकण्ठ नगरपालिकाको सम्पूर्ण आर्थिक कारोवार गरेको  ७ वर्ष भन्दा बढी समय वितिसक्दा पनि सो बैंकले आर्थिक सामाजिक दायित्व अन्तर्गत  नगरमा देखिने खालको पनि काम नगरेको र सेवा प्रवाहमा समेत कमसल प्रस्तुति दिएको भन्दै नगर कार्यपालिका बैठकमा समेत कुरा उठेपछि खाता परिवर्तनको विषय व्यापक बनेको छ।

प्रभु बैंकको हात्तीगौडा शाखाले विभिन्न वडाहरुमा हुने सामाजिक सुरक्षा भत्ता वितरणमा समेत समस्या देखिएको र अनिवार्य रुपमा गर्नुपर्ने आर्थिक सामाजिक दायित्व अन्तर्गतका काम नगर्दा समेत नगरपालिका मौन बसेको गुनासो व्यापक बन्दै गएपछि नगरको सुशासन समिती माथि पनि प्रश्न खडा भएको एक सेवाग्राही बताउछन।

यस विषयमा बुढानिलकण्ठ नगरपालिकाका सुशासन तथा क्षेमता विकास समितीका संयोजक शम्भु प्रसाद भट्टराई संग कपन अनलाइनले राखेको जिज्ञासमा प्रभु बैंकको उक्त शाखाका वारेमा धेरै गुनासो बढेकोले आफ्नो समिति निकै गम्भीर भएको बताएका छन।

आर्थिक कारोवार भनेको निकै संवेदनशील र महत्वपूर्ण कुरा भएको बताउदै संयोजक भट्टराईले प्राविधिक र कानुनी पक्षको अध्ययन गरेर आवस्यक प्रक्रिया अगाडी बढाउन नगर कार्यपालिकामा प्रस्ताव लैजाने समेत आस्वासन दिएका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।