माओवादी नेता कुशवाहा जनमत पार्टीमा प्रवेश, उपेन्द्र यादवलाई हराउने उदघोष

कपन अनलाइन

काठमाडौं, १५ चैत्र ।

नेकपा (माओवादी केन्द्र) का नेताशिवचन्द्र कुशवाहाजनमत पार्टीमाप्रवेश गरेका छन् । बुधबार  रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन मार्फत कुशवाहालाई जनमत पार्टीकाअध्यक्ष डा. सिके राउतले पार्टीमा स्वागत गरेका हुन् । माओवादी केन्द्रभित्र भएको अन्तरघातको कारणले आफूले थोरै मतले गतमंसिर ४ गते सम्पन्न निर्वाचनमा हार व्यहोरेको उनको भनाई थियो ।

आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्षउपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि आफू पार्टी परित्याग गर्न बाध्य भएको उनको स्पष्टोक्ति छ ।
‘पार्टीभित्र जनतालाई अधिकार र जनवाददिने कुरा जतिभयो, त्यत्तिनै गुट र अन्तरघात भयो । त्यो अन्तरघातकै कारण मैले त्यहाँचुनावजित्न सकिनँ,’– उनले भने । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत मधेशी जनताको मुक्तिकालागि नयाँ विचार सहित उदाएको उनको भनाई छ । सिके राउतको सम्मान स्वरुप उनलाई सप्तरीका जनताले विजयी गराएको उनले बताए । जनताले सप्तरीबाट हराएर पठाएका उपेन्द्रलाई बारा–२ बाट हराउनका लागि आफू जनमत पार्टीमा प्रवेश गरेको उनले बताए ।
‘सिके राउतजी मधेशको मुक्तिका लागि नयाँविचार सहित आइसकेपछि सप्तरीका जनताले उहाँलाई सम्मान गर्नुभयो र उपेन्द्र यादव पराजित हुनुभयो । अहिले फेरि बारा–२ मा उपनिर्वाचन हुँदैछ । त्यहाँका जनताको भावना विपरित सत्ताबिना बाँच्नै नसक्ने उहाँको व्यवहार हामीले देखेका छौं । त्यसको सामनामात्रै होइन, त्यहाँबाट हराएर पठाउनका लागि मजनमत पार्टीमा प्रवेश गरेको छु,’– उनले भने ।
माओवादीमा आफूमाथि षड्यन्त्र भएको उनले बताए । जनताको भावना विपरित आफूलाई निर्वाचनमा सहभागी हुनबाट बञ्चित गराउन खोजिएको उनले बताए । उनले आफू स्वतन्त्रउम्मेदवारी दिने निर्णयमा पुगेपनि जनताको चाहना र आग्रह अनुसार जनमत पार्टीमा प्रवेश गरेको स्पष्ट पारे ।
‘पार्टीभित्र ममाथि षड्यन्त्र र जालझेल भयो । हामीजस्तो क्षमतावानको कदर नगरेर हाम्रो पार्टीले अहिले उपेन्द्र यादवजीलाई नै समर्थन गरेर मलाई चुनावबाट बञ्चितगर्न खोजेको थियो, जनताको भावनापनि बञ्चित गरिएको छ । मैले स्वतन्त्रबाट लड्न खोजेको थिएँ तर, सो क्षेत्रका जनताले स्वतन्त्रबाट नलड्नु, कुनै पार्टी समात्नुस भनेपछि मैले जनताको भावना अनुरुप जनमत पार्टी रोजें,’– उनले भने ।
साथै, अहिलेको लडाई कुनै क्षेत्रको नभएर विचारको भएको उनको दाबी छ । उनले सबै सञ्चारकर्मीलाई यस लडाईमा साथ र सहयोग गर्नकालागि अपिल समेत गरेका छन् । ‘यो लडाई कुनै क्षेत्रको होइन, विचारको लडाई हो । उपेन्द्रजी जुनविचार लिएर बारा–२ का जनताको भावना विपरित आउनुभएको छ । जनताले उहाँलाई हराएर पठाउँछन् । हामी हराउँछौं,’–उनले भने ।
सो कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टी जनताको उद्वारकालागि मात्रै नभएर अन्यायमा परेका नेताहरुको उद्वारका लागि बनेकोे दाबी गरेका छन् । माओवादीका कारण कुशवाहा पटक–पटक अन्याय र बहिष्करणमा परेको उनको भनाई छ । जनमत पार्टीले विभिन्न पार्टीमा रहेर विभिन्न आन्दोलनको नेतृत्व गरेका तर बहिस्करण र अन्यायमा परेका नेताहरुको सम्मान गर्दै आएको उनले स्मरण गराए ।
कुशवाहालाई पार्टीमा स्वागत गर्न पाउँदा आफूलाई खुसीलागेको भन्दै उनले बैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा जितको अग्रिम शुभकामना समेत दिए । बारा–२ मा षड्यन्त्र गरेर सिटखाली गराउने काम भएको उनको दाबी छ । ‘षड्यन्त्र गरेर कसैलाई चोरबाटोबाट संसद्मा पसाउनका लागि जालझेल रचियो । बारा–२ मा जवर्जस्ती सिट खालीगर्न लगाइयो । त्यहाँका जनताको जनमतको अपमान भयो ।भोटदिएको तीन महिना नगुग्दै खाली गराउनु भनेको जनमतको घोर अपमानहो,’– उनले भने ।
सिट खालीभएर संसद्मा घोषणा हुन नपाउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा भएको उनले बताए । साथै, निर्वाचन आयोगका प्रमुखआयुक्तले महिला बाहेक उम्मेदवार बन्न सक्दैनन् भनेको अवस्थामा समेत सत्ताको आडमा पुरुष उम्मेदवारलाई निर्वाचित गराएको उनको आरोप छ । उनले बारा–२ माउपेन्द्र यादवलाई त्यहाँका जनताले बहिस्कार गर्ने दाबीगरे। कुशवाहालाई त्यहाँका जनताले जिताउनेमा कुनै शंका नरहेको उनले बताए । लोकतन्त्रलाई बचाउनका लागि पनि कुशवाहालाई त्यहाँका जनताले जिताउने उनको दाबी छ ।

तपाइँको प्रतिक्रिया ।