गोकर्णेश्वर नगरपालिकामा आज बाट फाईजर बाईभ्यालेन्ट खोपको बुस्टर मात्रा दिइने, यी हुन् केन्द्रहरु
कपन अनलाइन
काठमाडौं चैत्र ८ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले कोभिडविरुद्धको फाईजर बाईभ्यालेन्ट खोपको बुस्टर मात्रा लगाउन छुटेका नगरबासीलाई बुस्टर खोप लगाउन अपिल गरेको छ ।
नगरपालिकाले एक सुचना जारी गर्दै बुस्टर मात्रा लगाउन छुटेका ५५ वर्ष माथिका बुस्टरको पहिलो र दोश्रो मात्रा लिन बाँकी व्यक्तिहरु, स्वास्थ्यकर्मीहरु, १२ वर्ष माथीका रोग प्रतिरोध क्षेमता कम भएका दिर्घ रोगी व्यक्तिहरु, गर्भवती महिलाहरु तथा पूर्णमात्रा लगाएको ३ महिना पुरा भएका र पहिलो बुस्टर लगाएको ६ महिना पुरा भएका व्यक्तिहरुलाई बुस्टर मात्र लगाउन अनुरोध गरेको छ ।खोप कार्यक्रम ८ गतेबाट १० गतेसम्म लगाइने बताइएको छ ।
नगरपालिकाले यसको लागि गोकर्णेश्वर नगर अस्पताल र नगरपालिका भित्रका सबै स्वास्थ्य केन्द्र बाट खोप कार्यक्रम संचालन हुने जानकारी नगरबासीलाई जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया ।