बाह्र महिनाको गीत : रमेशचन्द्र घिमिरे

बाह्र महिनाको गीत : रमेशचन्द्र घिमिरे

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ४।

वैशाखमा कोइली गाउँछ
घामले पोल्छ जेठमा
असारको रोपाइँ हेर्न
जानु पर्ला खेतमा

साउनको झरी छेक्न
पर्छ छाता ओढ्न
भदौ लाग्दादिदीसँग
जान्छु खेत गोड्न

असोज र कात्तिकमा
दसैँ–तिहार मनाऔँ
मङ्सिरमादाइँहाल्न
ठूलै खलो बनाऔँ

आफ्नो जीउ–ज्यानलाई
सिरकले छोपी
पुस–माघको जाडो छेकौँ
लगाई स्विटर–टोपी

फागुनमा जाडो घट्छ
गर्मी पनि हुन्छ
चैतसँगै हुरी आउँछ
मन अति रुन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।