नारी तिमी : गंगा लिगल (मुक्तक )

नारी तिमी : गंगा लिगल (मुक्तक )

कपन  अनलाइन

काठमाण्डौ ,फागुन २७।

नारी तिमी नै प्रकाशपुञ्ज हौ देशको
अनगिन्ती ताराका गुन्ज हौ देशको
राष्ट्रको तिमी र नष्ट पारी देउ
तिमी बिहानीको उषाकुन्ज हौ देशको ।

तिमी उज्वल जून हौ हर पूर्णिमाको
तिमी र नाशक मुन हौ हर पूर्णिमाको
प्रगति अनिविकास त शुन्य छ य
त्यसैले वन सुन हौ हर पुर्णिमाको ।

अब गीतगाउ है नवप्रभातको
चौतर्फ जागरण ल्याउन व प्रभातको
गाढा निद्राबाट छिटो जागोस सबै नै
सबैमा जागृति पाउन व प्रभातको ।

जगेर्ना गर राष्ट्रको अमूल्य संस्कृति
परिस्कृत तुल्याउअझ स्वर्ण तुल्य संस्कृति
विकृती नआओस कदापि यस धर्तीमा
अरु सुधार गर यो बहुमूल्य संस्कृति ।

मातृभूमि रहोस् है सदा हराभरा
सुन्दर संस्कृति अझबनोस् हराभरा
यो धर्ती हुनेछ है सदा नै मर्यादित
नारी रहोस् गरिमामय सदा हराभरा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।