रोयल्टी कलेज गोकर्णेश्वर ६ को स्वागत,सम्मान तथा विदाइ कार्यक्रम भब्य रुपमा सम्पन्न

रोयल्टी कलेज गोकर्णेश्वर ६ को  स्वागत,सम्मान तथा विदाइ कार्यक्रम भब्य रुपमा सम्पन्न

कपन अनलाइन

काठमाडौं फाल्गुन २१ । गोकर्णेश्वर नगरपालिका वडा  नं ६मा संचालित रोयल्टी कलेजको स्वागत , सम्मान ,बिदाइ तथा बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । शनिबार दिप ज्योति ब्यांकोएटमा भब्य कार्यक्रमका बीच कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुका लागि स्वागत,सम्मान तथा कक्षा १२ पास भएका विद्यार्थीहरुलाई विदाई गरि अभिभावक दिवस मनाएको हो  ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तरर्गत बागमती प्रदेश परीक्षा व्यबस्थापन कार्यालयकी प्रमुख जयन्ती सत्याल स्पन्दनको प्रमुख आतिथ्यता  भएको उक्त कार्यक्रममा बिशेष अतिथिको राष्ट्रिय परिक्षा बोर्ड  प्रदेश परिक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेशका रेसम भुषाल,रुपमा गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख दण्डपाणी शर्मा, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, पुर्व वडा अध्यक्ष रमेश अर्याल, शिक्षा अधिकृत टेकेन्द्र ढकाल,प्याब्सन काठमाडौं जिल्ला  सचिव, सुदर्शन थापा,

सहसचिव अनिल पराजुली, प्याब्सन गोकर्णेश्वर  नगर अध्यक्ष डी एन शिवाकोटी  प्याब्सन कागेश्वरी नगर अध्यक्ष श्रीराम दाहाल, कलेजका कार्यकारी प्रमुख देवेन्द्र चन्द, रोयल्टी विद्यालयकी प्रिन्सिपल मिरा श्रेष्ठकुटुम्ब कलेजका क्याम्पस प्रमुख मोतीराम फुयाल, भेनस नेशनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतम लगायत बिभिन्न बिध्यालयका प्रधानाध्यापक शिक्षक अभिभावक तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुकमान लामाले  गरेका थिए ।

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश परीक्षा व्यबस्थापन कार्यालयकी प्रमुख जयन्ती सत्याल स्पन्दनले पानसमा दिप प्रज्वलन गरि गरेकी थिइन ।

सांस्कृतिक कार्यक्रम समेत समाबेश गरिएको स्वागत तथा बधाई   कार्यक्रममा  शुभकामना एवम् स्वागत मन्तव्य  राख्दै  क्याम्पसका शैक्षिक कोडिनेटर तथा कार्यकम संयोजक  ध्रुब प्रसाद भण्डारीले कलेजका गतिबिधिको बारेमा प्रकाश पारेका  थिए  उनले अब्बल जन शक्ति उत्पादन गर्न रोयल्टी  कलेज प्रतिबद्द रहेको जानकारी गराएका  थिए । कलेज आजको स्थान सम्म आइपुग्नुमा कलेज व्यवस्थापक संगै शैक्षिक क्षेत्रमा लागेका सबै बिध्यालय शिक्षक बिद्यार्थीहरुको समेत उलेख्य भूमिका रहेको जानकारी गराउदै नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२का  बिद्यार्थीहरुलाई बधाई दिदै उज्वल भबिष्यको कामना गरेका थिए  ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेश परीक्षा व्यबस्थापन कार्यालयकी प्रमुख जयन्ती सत्याल स्पन्दनले  विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेश पलाएन हुने दर बढिरहेकोमा चिन्ता ब्यक्त गर्दै नेपालमा नै गुणस्तर शिक्षा दिएर विदेश पलायन हुनबाट विद्यार्थीहरुलाई रोक्ने कार्यमा यस विद्यालयले  पहल गर्नुपर्नेमा जोड दिएकी थिइन् । विकासका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउदै सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा नै रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड रहेको थियो ।

प्रमुख अतिथि सत्यालले रोयल्टी कलेज प्रति बधाई ज्ञापन दिदै आगामी दिनहरुको उज्वल भविष्यको कामना समेत ब्यक्त गर्दै राज्यले सधैं व्यवहारिक र सिपमुलक शिक्षा मात्र प्रदान गर्न कुनै कमजोरी गर्न नहुने बताइन् ।अभिभावक दिवसको अवसरमा विद्यालयले आयोजना गरेको  खेलकुद सप्ताहमा बिजयी खेलाडीहरु,विद्यालयमा उत्कृष्ठ विद्यार्थीहरुलाई प्रमाण पत्र सहित पुरस्कार वितरण गरिएको थियो ।उक्त कार्यक्रममा कलेजले शैक्षिक गुणस्तरमा र विद्यालयको चौतर्फी विकासमा लामो समयदेखि योगदान पुर्याउदै  आएका शिक्षक तथा कर्मचारीहरुलाई कदर पत्र प्रदान गर्दै सम्मान गरेको छ ।

कलेजले कार्यक्रम मार्फत कक्षा ११ र १२ मा पढाउने शिक्षक टि एन धमला,विद्यालयकी शिक्षिका पेमा लामा र कर्मचारी फुटि शेर्पालाई दोसल्ला ओढाइ कदर पत्रले सम्मान गरिएको थियो ।कार्यक्रममा बोल्ने वक्ताहरुले कलेजको उत्तरोतर प्रगतिको कामना गरेका थिए ।

 

अध्यक्षताको आसन बाट बोल्दै व्यवस्थापन समितिका अध्यक्ष टुकमान लामाले  उपस्थिति सबैलाई धन्यवाद दिदै रोयल्टीले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई अहिलेको प्रतिस्पर्धात्मक युगमा विश्वका जुनसुकै ठाउँमा पनि आफुलाई स्थापित गराउन सक्ने गरि दक्ष बनाउन प्रयास गरिरहेको जानकारी दिदै  असल संस्कार सहितको शिपमुलक व्यावहारिक शिक्षालाइ आत्मसाथ गरि सोहि अनुरुप अघि बढिरहेको जानकारी गराएका थिए। उनले नया भर्ना भएका बिद्यार्थीहरुलाई  शिक्षकले दिने हरेक निर्देशन आफ्नै भलोका लागि भनेर सोच्न समेत बिद्यार्थीहरुलाई सुझाउदै   कक्षा १२ का बिद्यार्थीहौलाई बधाई दिदै उनीहरुको उज्ज्वल भबिष्यको कामना गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।