लिबर्टी एकेडमीले ८ औं अभिभावक दिवस भब्य रुपमा मनायो

लिबर्टी एकेडमीले ८ औं अभिभावक दिवस भब्य रुपमा मनायो

कपन अनलाइन

काठमाडौं फाल्गुन २१ ।   गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा संचालित लिबर्टी एकेडमीले ८ औं अभिभावक दिवस भब्य रुपमा सम्पन्न गरेको छ ।  शनिबार बिध्यालय प्रांगणमा आयोजित उक्त कार्यक्रमको उद्घाटन  प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले पानस मा दिप प्रज्वलन गरि गरेका थिए।   बिध्यालयका प्रिन्सिपल ओम प्रसाद ढकालको अध्यक्षमा भएको उक्त कार्यक्रममा बिभिन्न बिध्यालयका प्रिन्सिपल, शिक्षक प्रतिनिधि, अभिभावक तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बिद्यालयका कोर्डिनेटर अनुप राउतले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेको कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम मार्फत मनोरंजन प्रदान गरेका  थिए ।  कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि    प्रमुख अतिथि दिपक रिसालले उक्त विद्यालयलाई विगत १७ वर्ष देखि नियाल्दै आएको  बताए ।  उनले  विद्यालयले एसइइ परिक्षामा  काठमाण्डौमा उत्कृष्ट भइ गोकर्णेश्वर नगरपालिकालाई शिक्षा क्षेत्रमा चिनाएकोले  धन्यवाद दिएका थिए।

उनले बिद्यार्थी उच्च शिक्षाको लागि विदेश पलायन हुने दर बढिरहेकोमा चिन्ता ब्यक्त गर्दै  नेपालमा नै गुणस्तर शिक्षा दिएर विदेश पलायन  रामो शिक्षा दिएर उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई यस विद्यालयले रोक्नमा पहल  गर्नुपर्नेमा जोड दिएका थिए ।  विकासका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउदै सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा नै रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।

अभिभावक दिवसको अवसरमा विद्यालयले आयोजना गरेको  खेलकुद सप्ताहमा बिजयी खेलाडी विद्यालयमा उत्कृष्ठ विद्यार्थीहरुलाई प्रमाण पत्र पुरस्कार वितरण गरिएको थियो नालापानी विरहरुको गाथा रहेको गितले देशभक्ती झल्काउने गित तथा नृत्य मार्फत स्वागत गरिएको कार्यक्रममा बिद्यार्थीहरुले गित नृत्य मार्फत मनोरंजन प्रदान गरेका  थिए ।

अध्यक्षताको आसन बाट बोल्दै प्रिन्सिपल ओम प्रसाद ढकालले  उपस्थित सबैलाई धन्यवाद दिदै लिबर्टी एकेडेमीले  विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई अहिलेको प्रतिस्पर्धात्मक युगमा विश्वका जुनसुकै ठाउँमा पनि आफुलाई स्थापित गराउन सक्ने गरि दक्ष बनाउन प्रयास गरिरहेको जानकारी दिदै  असल संस्कार सहितको शिपमुलक व्यावहारिक शिक्षालाइ आत्मसाथ गरि सोहि अनुरुप अघि बढिरहेको जानकारी गराएका थिए। उनले शिक्षाको उज्यालो दिन बिध्यालय तयार रहेको बताउदै बिद्यार्थीको चौतर्फी बिकासमा बिध्यालय लागेको बताए। उनले बिध्यालय, पढाई संग बिद्यार्थी संग भएको फरक क्षमताको बिकासमा समेत लागेको बताए । उनले  लिबर्टी एकेडमी विशिष्ट पहिचान बनाउनुमा शिक्षक कर्मचारीको अथक मेहनत को साथै आम अभिभावकको माया र सहयोग  रहेको  बताउदै आगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।