गोकर्णेश्वर ८ मा शनिबार ग्यास प्रयोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिने
कपन अनलाइन
काठमाडौँ, फाल्गुन १९ । स्थानीय निकाय संग ग्यास बिक्रेता, चेनतायुक्त उपभोक्ता तथा तालिम प्राप्त बिक्रेता भन्ने मूल नाराको साथमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा ग्यास प्रयोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्ने भएको छ ।
ग्यास बिक्रेता महासंघ नेपालको आयोजना तथा आरुबारी डांडागाउ टोल सुधार समिति र स्पोर्ट्स स्पेसल क्लब काठमाडौं महानगरपालिका वडा नं ६ आनन्दपुर सहआयोजक भएर फाल्गुन २० गते शनिबार बिहान ११:३० बजे छहारी युवा क्लबको सभाहलमा हुने उक्त कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ । ग्यास विक्रेता महासंघ ग्यास प्रयोगको सम्बन्धमा हुन सक्ने दुर्घटनालार्इ कमी गर्ने कार्यमा निरन्तर रूपमा सक्रिय रहँदै आएको छ ।
तपाइँको प्रतिक्रिया ।