गोकर्णेश्वर नगरपालिका वडा नं ६ जोरपाटीमा पोर्टेवल सार्वजनिक शौचालय संचालनमा आयो
कपन अनलाइन
काठमाडौं फाल्गुन १८ । गोकर्णेश्वर नगरपालिका वडा नं ६ जोरपाटीमा पोर्टेवल सार्वजनिक शौचालय संचालनमा आएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ६ को नव निर्मित वडा कार्यालय भवन संगै नेपाल प्रहरी श्रीमती संघद्वारा जडान गरिएको पोर्टेवल शौचालय बुधबार बाट संचालनमा आएको हो । बुधबार वडा कार्यालयमा एक कार्यक्रममा बीच उक्त जडान गरिएको पोर्टेबल सौचालय सुभारम्भ फाइल हस्तान्तरण गरिएकोको थियो।
नेपाल प्रहरी श्रीमती संघको अध्यक्ष कुसुम लता सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यता रहेको थियो भने उप प्रमुख सान्नानी लामा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा ,नगर खेलकुद बिकास समितिका अध्यक्ष संजय लामा प्रहरी वृत बौद्ध का कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत, जोरपाटी ट्राफिक प्रहरी प्रमुख उपेन्द्र खरेल वडा सदस्यहरु लगायत स्थानीयको उपस्थिति रहेको कार्यक्रम संचालन गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा सदस्य बच्चुराम शर्मा कुइकेलले गरेका थिए।
कार्यक्रमलाइ सम्बोधन गर्दै नगरप्रमुख दिपक कुमार रिसालले नेपाल प्रहरी श्रीमती संघलाइ धन्यवाद दिदै जनघनत्व बढी भएको जोरपाटीमा राखिएको शौचालय धेरै मानिसले प्रयोग गर्न सक्ने भएकोले यात्रीलाइ सहज भएको बताए ।कार्यक्रमलाइ सम्बोधन गर्दै नगर उप प्रमुख सान्नानी लामाले जोरपाटी क्षेत्रमा सार्वजनिक शौचालयको आवश्यकतालाइ बुझेर नेपाल श्रीमती संघले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गरेकी थिइन । उप प्रमुख सान्नानी लामाले नगरपालिका क्षेत्रमा शान्ति सुरक्षा लगायत क्षेत्रमा प्रहरी संग सहकार्य भइरहेको जानकारी दिदै यस्तै सहकार्यले समाजमा धेरै सेवा सुविधा बढाउन सकिनेमा जोड दिएका थिए।
कार्यक्रमलाइ सम्बोधन गर्दै वडा अध्यक्ष नवराज लामाले गोकर्णेश्वर नगरपालिका क्षेत्रमा सार्वजनिक सौचालय आवश्यकतालाइ मध्यनजर गर्दै सबै भन्दा ब्यस्त जोरपाटीमा सार्वजनिक सौचालय राख्न सहयोग गरेकोमा खुसि ब्यक्त गर्दै नेपाल प्रहरी श्रीमती संघलाइ धन्यवाद ज्ञापन गरेका थिए । उनले गोकर्णेश्वर नगरपालिकाका पर्यटकीय स्थल सुन्दरीजलका लागि बसपार्क क्षेत्रमा पनि पोर्टेबल सौचालय आवश्यक भएको बताउदै उक्त स्थानमा सौचालयको लागि सहयोग गर्न अनुरोध गरेका थिए । वडा अध्यक्ष लामाले जोरपाटीमा जडान गरिएको सौचालय सरसफाई र व्यवस्थापनको लागि एक जना सहयोगी राखिएको जानकारी गराएका थिए ।