तालिममा सहभागि हुन उपत्यकाका तीन नगरपालिका प्रमुख जापान प्रस्थान

तालिममा सहभागि हुन उपत्यकाका तीन नगरपालिका प्रमुख जापान प्रस्थान

कपन अनलाइन

काठमाडौं फाल्गुन १७ । विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी तालिममा सहभागि हुन उपत्यकाका तीन नगरपालिका प्रमुख जापान प्रस्थान गरेका छन । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ((जाईका)) को आयोजनामा हुने तालिममा भाग लिन सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापा, कागेश्वरी मनोहरा नगरपालिका प्रमुख  उपेन्द्र कार्की र चन्द्रागिरी नगरपालिकाका प्रमुख  घनश्याम गिरी जापान प्रस्थान गरेका हुन् ।

तालिमका लागि उपत्यकाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगर, सूर्यविनायक, कागेश्वरी र चन्द्रागिरी नगरपालिकाका मेयरहरुलाई छनौट गरेको थियो । सो भ्रमणको सबै खर्च नेपाल सरकार र कुनै पनि स्थानीय तहले ब्यहोर्नु नपर्ने गरि जाईकाले नै ब्यवस्थापन गरेको छ । भ्रमण फेब्रुअरी  २५ तारिखदेखि ११ मार्चसम्म हुने नगरपालिकाले जानकारी गराएको छ  ।

तपाइँको प्रतिक्रिया ।