गोकर्णेश्वर नगरपालिका वडा नं ४ भैरबचौरमा नोलाइट तथा आय काउण्टर सञ्चालनमा

गोकर्णेश्वर नगरपालिका वडा नं ४ भैरबचौरमा नोलाइट तथा  आय काउण्टर सञ्चालनमा

कपन अनलाइन

काठमाडौं, फाल्गुन १७ ।गोकर्णेश्वर नगरपालिका वडा नं. ४ उत्तरवाहिनी भैरवचोकमा नेपाल विद्युत प्राधिकरणको गोकर्ण नोलाईट तथा आय काउण्टर सञ्चालनमा आएको छ । सोमबार काउण्टरको प्राधिकरणका निर्देशक राजु ढकाल, र गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालले रिबन काटी  उद्घाटन गरेका थिए  ।

वागमति प्रादेशिक कार्यालय बानेश्वर वितरण केन्द्र अन्तर्गत खुलेको काउण्टरबाट गोकर्णेश्वरका १,२,३ र ४ वडा लगायत गोकर्णेश्वरका करिब १७ हजार घरपरिवारले सेवा पाउने छन् । नो–लाईट तथा आय काउन्टर शाखा सञ्चालन भए संगै अब देखि विद्युत महसुल तिर्न  टाढा जानु पर्ने समस्याको समाधान भएको छ । विद्युत महशुल आफ्नै नगरपालिकामा तिर्न सकिने सुविधाको सुरुवात भएको हो ।केन्द्र प्रमुख रोहिणी पौडेलको सभापतित्व भएको उक्त कार्यक्रममा गोकर्णेश्वर ४ का वडा अध्यक्ष जयराम महत सहित वडा सदस्यहरु सहित स्थानीयको उपस्थिति रहेको  थियो ।

 

तपाइँको प्रतिक्रिया ।