गोकर्णेश्वर ४ मा जनतासँग मेयर ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम शुरु

गोकर्णेश्वर  ४ मा जनतासँग मेयर ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम शुरु

कपन अनलाइन

काठमाडौं फाल्गुन ११।  गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा जनतासँग मेयर ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम शुरु भएको छ ।  सोमबार नाम्गेलमा एक कार्यक्रमका बीच नगर प्रमुख दीपक रिसाल र वडा अध्यक्ष जयराम महतले स्वास्थ्य सामग्री हस्तान्तरण गरि  सुभारम्भ गरेका हुन । उक्त  कार्यक्रममा वडा सदस्यहरु राजेश श्रेष्ठ, सुनिता परियार, कृष्ण श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय, नगर अस्पतालका प्रमुख साङ्बो लामा, वडा सचिव नवराज सेन लगायत विज्ञ डाक्टरहरु तथा स्वास्थ्य स्वयंसेवकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख दिपक कुमार रिसालले नगरबासीहरुको स्वास्थ्य स्तरोन्नतिका लागि कार्यक्रम सञ्चालन गरिएको बताए । ज्येष्ठ नागरिक, दिर्घ  रोगी, सुत्केरी, गर्भवती, अपांगता भएका व्यक्तिहरु लगायत स्वास्थ्य संस्थासम्म उपचारका लागि जान असमर्थ हुने सम्पूर्ण नगरबासीहरु यो कार्यक्रमबाट लाभान्वित हुने बिश्वास ब्यक्त गर्दै नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले हाल नगरपालिकाले स्वास्थ्य सेवा पुर्याइरहेको नगर प्रमुख रिसालले जानकारी गराए गराए  । उनले उक्त कार्यक्रम सबै वडामा  सञ्चालन गर्न लागिएको जानकारी गराए  ।

नगरपालिकाले समय समयमा अस्पतालको पहुँचबाट बाहिर रहेका स्थानीयका लागि नगरपालिका भित्र रहेका प्रत्येक वडामा मुख्य बस्ती टोलमा डाक्टर, स्वास्थ्यकर्मी र औषधी उपचार सहितको  स्वास्थ्य शिविर समेत संचालन गर्दै आएको जानकारी गराएका  थिए ।

निःशूल्क स्वास्थ्य सेवा पाउनु जनताको अधिकार र चाहना  भएको बताउदै  स्वास्थ्यलाइ प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको बताएका थिए । नगरपालिकाले ज्येष्ठ नागरिकका लागि  नेपाल मेडिकल कलेज र अर्थोपेडिक अस्पताल संग  उपचारमा छुटको लागि सम्झौता  गरेको समेत जानकारी गराएका थिए ।कार्यक्रमलाइ सम्बोधन गर्दै वडा अध्यक्ष जयराम महतले अस्पतालसम्म पुग्न नसक्नेहरुका लागि घरदैलोमा आएर स्वास्थ्य सेवा  दिनु राम्रो भएको बताए । उनले त्यस बाट लाभ लिन समेत वडा बासीलाइ अनुरोध गरेका थिए ।उनले वडा नं ४ मा नै नगर अस्पताल रहेको जानकारी दिदै उक्त अस्पतालले प्रदान गर्ने सेवाको बारेमा समेत जानकारी गराएका थिए  ।

 

 

तपाइँको प्रतिक्रिया ।