१८औं मुआथाई वर्ल्ड च्याम्पिएनशीपमा भाग लिन गोकर्णेश्वरका तीन खेलाडी बैंकक प्रस्थान

१८औं मुआथाई वर्ल्ड च्याम्पिएनशीपमा भाग लिन गोकर्णेश्वरका तीन खेलाडी बैंकक प्रस्थान

कपन अनलाइन

काठमाडौं फाल्गुन ११।  थाइल्याण्डको राजधानी बैंककमा हुन गइरहेको १८औं मुआथाई वर्ल्ड  च्याम्पिएनशीपमा सहभागीता जनाउन  गोकर्णेश्वरका खेलाडी बैंकक प्रस्थान गरेका  छन  ।

प्रतियोगीतामा सहभागी हुन गोकर्णेश्वर मुआथाई क्लबका नवराज पराजुली, गुणराज रुचाल र पूर्णजीत राई बुधबार बैंकक प्रस्थान गरेका हुन । टोलीमा देनिका राइ र संजय राइ पनि सहभागी रहेका छन।  सहभागी खेलाडीलाई जीतको शुभकामना सहित गोकर्णेश्वर मुवांथाइ नगर कमिटी अध्यक्ष एबम प्रशिक्षक सानुकुमार श्रेष्ठले जीत को शुभकामना सहित  विदाई गरेका छन् ।

उनले खेलाडीहरुलाई उच्च मनोबलका साथ् उत्कृष्ट प्रदर्शन गरि जित हासिल गरि  नेपाल र गोकर्णेश्वर नगरपालिकाको नाम राख्न शुभकामना दिएका थिए  ।प्रतियोगीता यही मार्च १२ देखि २० गतेसम्म सञ्चालन हुनेछ ।

तपाइँको प्रतिक्रिया ।