शान्तकुमार श्रेष्ठको नेतृत्वमा उपत्यका निर्माण व्यवसायी संघको प्यानल घोषणा

शान्तकुमार श्रेष्ठको नेतृत्वमा उपत्यका  निर्माण व्यवसायी संघको  प्यानल  घोषणा

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ११ । आगामी फागुन १४ गते हुने उपत्यका निर्माण व्यवसायी संघको नवौं अधिबेसनमा वर्तमान महासचिव शान्तकुमार श्रेष्ठको नेतृत्वमा    प्यानल  घोषणा गरिएको छ । बुधबार काठमाडौंको बानेश्वरमा आयोजित एक कार्यक्रममा तीन वर्षे कार्यकालका लागि वर्तमान महासचिव शान्तकुमार श्रेष्ठको  नेतृत्वमा  प्यानल  घोषणा गरिएको हो  ।

श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कबिन्द्र महर्जन, प्रथम उपाध्यक्षमा बासु खड्का, द्वितीय उपाध्यक्ष टिकाराम सुवेदी, महासचिव ईश्वरराज पन्तले उम्मेदवारी घोषणा गरेका छन । त्यस्तै संघको नीतिगत उपमहासचिवमा कृष्ण केसी (कृष), आन्तरिक उपमहासचिव एन प्रसाद अधिकारी (राजु), कोषाध्यक्षमा रमेश महर्जन र सह कोषाध्यक्षमा संजीव शाक्यले उम्मेदवारी घोषणा गरेका छन् ।

संघको नौ जना सदस्यको भने केही दिनमै घोषणा गरिने अध्यक्षका उम्मेदवार शान्तकुमार  श्रेष्ठले जानकारी गराएका छन । उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले मूल्यवृद्धिका कारण निर्माण कार्यमा भैरहेको समस्या लगायत साना निर्माण व्यवसायी​हरुको हकहितका लागि  काम गर्ने बताएका छन   ।

 

तपाइँको प्रतिक्रिया ।