Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/02/332301780_504572568539973_6349996702565221441_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं जिल्लाको तेस्रो अधिबेसन सम्पन्न, अध्यक्षमा सुनिलकुमार अमात्य

कपन अनलाइन

काठमाडौं, फाल्गुन १० । ग्रिल तथा स्टिल ब्यबसायीहरुको हक हित र उत्थानको लागि लामो समय देखि निरन्तर कार्य गरिरहेको संस्था ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं जिल्लाको   सातौ   साधारण सभा तथा  तेस्रो अधिबेसन  सम्पन्न  भएको छ ।

मंगलबार ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौंका अध्यक्ष यज्ञदास श्रेष्ठको सभापतित्व र  काठमाडौं महानगरपालिका उप प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बिशेष अतिथिको रुपमा ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल,वरिष्ठ उपाध्यक्ष निरन्जरकुमार श्रेष्ठ ,प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ ,उपाध्यक्ष रुपेन्द्र बानिया तथा संथापक अध्यक्ष मधु बहादुर कार्की, पश्चिम  क्षेत्रका इकाई अध्यक्षहरु तथा पदाधिकारी  पुर्वी क्षेत्रका इकाई अध्यक्षहरु तथा पदाधिकारीहरु, ग्रील तथा स्टील ब्यबसायका ब्यबसायी तथा कर्मचारीहरु, सहित  बिभिन्न क्षेत्रका समाजसेवीहरु तथा मिडियाकर्मीहरुको उपस्थिति रहेको  थियो ।

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरपालिका उप प्रमुख सुनिता डंगोलले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेकी थिइन ।कार्यक्रमललाई सम्बोधन गर्दै प्रमुख अतिथि काठमाडौं महानगरपालिका उप प्रमुख सुनिता डंगोलले  महानगर भित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छन् । महानगरले व्यवसायलाई प्रोत्साहन गर्नको लागि व्यवसायीहरुले आफ्नो व्यवसाय व्यवस्थित बनाउनु जरुरी रहेको उनको भनाइ छ । महानगरभित्र व्यापार व्यवसाय गर्ने धेरैले अनौपचारिक रुपमा गरिरहेको भन्दै औपचारिक दायरामा आउनको लागि व्यवसाय दर्ता गर्न आग्रह गरिन ।

उप– प्रमुख डंगोलले व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेको भन्दै करको दायरामा आउनु भनेको दायरा फराकिलो बनाएर घटाउन सजिलो हुने बताइन् । उनले व्यवसाय औपचारिक रुपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिनुभएको उल्लेख गरिन् । उनले दर्ता नभएका व्यवसायीहरुको माग सम्बोधन गर्न महानगर अन्योलमा रहेको स्वीकार गरिन् ।डंगोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेको ५ हजार बढी रहेको पाइएको पनि बताइन् । उनले व्यवसायलाई व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा नीति तथा कार्यक्रम फेल हुने गरेको उल्लेख गरिन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले अत्याश्यक सेवा दिँदै आए पनि राज्य र उपभोक्ताबाट उपेक्षित भएको बताए ।उनले राज्य र उपभोक्ताबाट उपेक्षित हुनुको प्रमुख कारण सरकारको अदूरदर्शी नीति भएको दाबी गरे । उनले ग्रिल तथा स्टिल व्यवसायीहरु आफैले स्टील व्यवसायलाई उचित सम्मान दिन नसकिएको बताए । उनले नेतृत्व तहमा रहेका उद्योगी व्यवसायीहरुले अनुशासन पालना गर्न आवश्यक रहेको बताए ।कार्यक्रममा बोल्दै प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठले यो व्यावसाय भित्र रहेका बिकृति बिसंगति हटाउन महासंघ आफैं लाग्ने तर आम ग्रील ब्यवसायीको समर्थन चाहिने बताए ।उनले “अन्तराष्ट्रिय स्तरमा भईरहेको आर्थिक तरलताले नेपालमा समेत प्रभाव पारेको हुँदा त्यसकै अनुपातमा नितिगत निर्णय गरि अगाडी बढ्नु आजको प्रमुख आवश्यकता भएको बताए ।

विश्वका ठुला ठुला देश बिचहुने टकराबले नेपालमा पार्न सक्ने प्रभाव घटाउन हाम्रो व्यवसायीक संगठन मार्फत के गर्न सकिन्छ त्यसलाई मध्यनजर गर्दै योजना बनाउने कुरामा महासंघले आफ्नो भुमिका सशक्त बनाउन लागि पर्नेछ । फलाम जन्य वस्तु उत्पादनमा लाग्ने कच्चा पदार्थ आयत गर्ने कम्पनि , नेपालमा भएका फलाम उत्पादक कम्पनि (रोलिङ मिल ) , सामाग्री बिक्रि बितरण गर्ने हार्डवयेर , ग्रील तथा स्टीलको व्यवसाय गर्ने व्यसायी र आम उपभोक्ता बिचको सम्बन्ध र व्यवसायीक रुपमा पारदर्शिता आजको आवश्यकता हो । तसर्थ सम्बन्धित सरकारी निकाय र हामिबिच बृहत अन्तकृया हुनु पर्दछ ।

नेपाल निर्माण व्यवसायी महासंघ अन्तरगतका ठेकदार कम्पनि र कतै दर्ता नै नभइकन काम गर्ने साना तिना मिस्त्री तथा ठेकदारहरुको कारण हाम्रो संगठनमा आबद्ध भएका व्यवसायीहरु मारमा परिरहेको सत्यतालाई स्विकार गर्दै यसलाई ब्यवस्थित बनाउन महासंघले आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने छ ।बैंकको ब्याजको कारण पलायन हुने स्थितिमा पुगेका उद्योगी तथा व्यवसायीहरुलाई कसरी पुर्नस्थापनको बाटोमा ल्याउन सकिन्छ भन्ने बारेमा सम्बन्धित सरकारी निकाय संग समन्वयगरि ब्याजमा सहुलियत र ऋण तिर्नकोलागि म्याद थप गर्न सके हाम्रो व्यवसायीक संगठनको प्रभावकारीता अझ बढ्ने तर्फ हाम्रो ध्यान जानु पर्नेमा जोड दिएका थिए  ।

व्यवसायीहरुको मात्र नभएर व्यवसायी र मजदुर बिचको सम्बन्ध सुधार गर्न कम्पनि नियम तथा श्रम ऐनको अधिनमा रहि कर्मचारीहरुको करार र सेबा सुबिधा , बिमा , स्वास्थ्य तथा कर्मचारीको बाल बच्चाहरुको शिक्षाको सम्म व्यवस्थापन गर्ने बिषयमा हामि सबै गंभिर भएर लाग्नु पर्ने हुन्छ ।वर्तमान अवस्थामा भईरहेको उक्त  क्षेत्रको पुँजि पलायनतालाई रोक्न व्यवसायीहरुको पहलमा संयुक्त लगानिमा ,रोलिङ मिल ,हार्डवयेर ,र ग्रील तथा स्टील उद्योगको अवधारणा ल्याउने तयारी महासंघले गर्ने  जानकारी गराए ।

कार्यक्रममा अध्यक्षताको आसन बाट बोल्दै काठमाडौं जिल्लाका अध्यक्ष यज्ञदास श्रेष्ठले आफ्नो कार्याकल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका  थिए ।कार्यक्रममा दाता तथा  संस्थामा उल्लेख्य योगदान गर्नेलाई सम्मान गरिएको  थियो ।उक्त साधारणसभा तथा अधिवेशनले सुनिलकुमार अमात्यको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष अनिल कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष राजुलाल श्रेष्ठ , दोस्रो उपाध्यक्ष रोहित श्रेष्ठ,तेस्रो उपाध्यक्ष भरत लामिछाने,चौथो उपाध्यक्ष राम प्रमोद ठाकुर,पाँचौ उपाध्यक्ष राजेश श्रेष्ठ ,छैठौं उपाध्यक्ष जुद्ध बहादुर चन्द ,सातौं उपाध्यक्ष पुर्णमाया सारु,महासचिव यम बहादुर श्रेष्ठ (पशुपती ),सचिवमा हरिप्रसाद लामिछाने र दिनेश भट्टराई,कोषध्यक्ष नमराज पनेरु ,सहसचिव गोपाल कार्की,सहकोषध्यक्ष तोक बहादुर गधराज (तोकेन्द्र),लगायत दिनेशकुमार दाहल (दारीबा),मनोज रोईला ,शिवलाल श्रेष्ठ लाई कार्यसमितिमा चयन गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।