बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा बृहत खानेपानी आयोजनाको शिलान्यास

कपन अनलाइन

काठमाडौँ फाल्गुन १० ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा बृहत खानेपानी आयोजनाको शिलान्यास गरिएको छ।

बुढानिलकण्ठ -६ च्यासुन्डोलमा बुढानिलकण्ठ बृहत खानेपानी आयोजनाको ओभर हेड ट्याङ्कीको बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख  मिठाराम अधिकारीले शिलान्यास गरेका हुन् ।
सो शिलान्यास कार्यक्रममा  बागमती प्रदेशका पुर्व  प्रदेस सभा सदस्य  दिपक निरौला र  भिमसेन खत्री बुढानिलकण्ठ नगरपालिकाका प्रबक्ता तथा वडा न १० का वडा अध्यक्ष  नवराज भट्टराई , वडा नं  १ का वडा अध्यक्ष सुरेन्द्र लामाज्यु, वडा नं  २ का वडा अध्यक्ष  राजेन्द्र श्रेष्ठ , वडा न ३ का  अध्यक्ष  आकश धिताल , वडा नं  ७ का वडा अध्यक्ष बसनारायण महर्जन  र वडा नं  १२ का  अध्यक्ष  शम्भु भट्टराई  , वडा नं ६ का पुर्व वडा अध्यक्ष  नवीन के सि ज्यु ,पुर्व गा बि स अध्यक्ष श्याम बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो।
तपाइँको प्रतिक्रिया ।