मेरो इमान्दारी र कृयाशिलता प्रती ईर्स्या र अवरोध गर्नेहरुलाई माया गरिरहन्छु : उद्दव प्रसाद खरेल

मेरो इमान्दारी र कृयाशिलता प्रती ईर्स्या र अवरोध गर्नेहरुलाई माया गरिरहन्छु : उद्दव प्रसाद खरेल

कपन अनलाइन

काठमाण्डौ ,फागुन ९।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा चौथो पटक लजास्पद हार बेहोरेको नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का नेता उद्दव प्रसाद खरेलले आफ्नो   इमान्दारी र कृयाशिलता प्रती ईर्स्या र अवरोध गर्नेहरुलाई माया गरिरहने बताएका छन।

स्थानीय तह र प्रदेस क्षेत्रमा सानदार विजय प्राप्त गरेपनि प्रतिनिधि सभा निर्वाचनमा पराजय भए संगै विभिन्न अनुमान,चर्चा,आरोप,प्रत्यारोप र गुनासोहरुको व्यापक लहर चलिरहेको नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ मा लामो समय नेतृत्व गरेका खरेलले आफ्नो सामाजिक संजालमा ब्यक्त गरेको कुराले थप तरंग ल्याउने देखिन्छ।

गत प्रतिनिधि सभाको निर्वाचन पछाडी आफु लक्षित विभिन्न आरोप र  आक्षेपहरु लाग्दा खुल्ला छानविनको चुनौती दिएका बुढानिलकण्ठ नगरपालिकाका प्रथम प्रमुख उद्दव प्रसाद खरेलले सामाजिक संजालमा लेखेका छन ,”मेरो निश्ठा , इमान्दारी र कृयाशिलता प्रती ईर्स्या र अवरोध पुर्याउन खोज्ने मित्रहरुलाइ म जीवनभर माया गरिरहन्छु ।”

 

तपाइँको प्रतिक्रिया ।