मातृभाषा संरक्षणमा बुढानिलकण्ठ-१ को नबिन प्रयास : कविता वाचन र सांस्कृतिक कार्यक्रम हुने

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

मातृभाषा संरक्षणका लागि  बुढानिलकण्ठ नगरपालिका वडा नं  १ ले शुरुवात गरेको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १ को व्यवस्थापन तथा रातो घरको आयोजनामा फागुन ९ गते मातृभाषा दिवसको अवसरमा कविता वाचन र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो।

देशभरिका विभिन्न भाषाका प्रख्यात कविहरु र सांस्कृतिक अभियन्ताहरुको उपस्थितिमा हुने सो कार्यक्रम वडा नं १ को तौलुङ चौतारा सामुदायिक भवनमादिउसो १.३० बजे शुरु हुनेछ।

मातृभाषाको सम्मान, जर्गेना र विस्तारको लक्ष्यसहित विभिन्न भाषाभाषीहरुको सहभागितामा कार्यक्रम आयोजना गरिएको जानकारी दिदै वडा नं १ का अध्यक्ष सुरेन्द्र लामाले उपस्थितिका लागि नगरका  सम्पूर्ण कला साहित्य ,भाषाप्रेमी सहित वडावासीहरुलाई अनुरोध गरेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।