गोकर्णेश्वर नगरपालिका वडा नं ७ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

गोकर्णेश्वर नगरपालिका वडा नं ७ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ८ ।गोकर्णेश्वर नगरपालिका वडा नं ७ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ।

करिब एक करोड ५  लाखको लागतमा निर्माण गरिएको उक्त साँढे ४  तले भवनको  आइतबार  उक्त भवनको गोकर्णेश्वर नगरपलिका प्रमुख दिपक कुमार रिसाल उप प्रमुख सान्नानी लामा र वडा अध्यक्ष केशब गुरुङले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरेका हुन ।

वडा अध्यक्ष केशब गुरुङको अध्यक्षतामा भएको उक्त भवन उद्घाटन कार्यक्रममा नगर  प्रवक्ता  एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी वडा नं ६ का वडा अध्यक्ष नवराज लामा,   गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, शिक्षा शाखा प्रमुख दण्डपाणी शर्मा, वडा सदस्यहरु प्रियस दाहाल,, मीरा श्रेष्ठ, प्रमिला कार्की ढली  पुर्व वडा सदस्य राजु राना मगर, विन्दा सापकोटा, कमला दर्जी,  लगायत कर्मचारी र  स्थानीयको उपस्थिति रहेको कार्यक्रम संचालन वडा सदस्य गंगा प्रसाद खतिवडाले गरेका थिए ।

वडा सदस्य प्रियस दाहालले स्वागत मन्तब्य राखेको कार्यक्रममा पुर्व वडा सदस्य राजु राना मगर, नगर  प्रवक्ता  एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, उप प्रमुख सान्नानी लामा लगायतले शुभकामना मन्तब्य राख्दै  भवनको निर्माण संगै वडाको सेवा प्रवाह र अन्य गतिविधिमा सहज हुने विस्वास व्यक्त गरेका थिए । उनीहरुले नगरपालिकाको प्रशासकीय भवन निर्माणको काम पनि चाडै शुरु हुने जानकारी गराएका थिए ।

 

कार्यक्रमलाइ  सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले  सबै वडा कार्यालयलाई पूर्वाधार सम्पन्न बनाएर लैजाने बताए । आज देखि वडा कार्यालय नयाँ भवनमा सरेको छ नगरप्रमुख  रिसालले भने, अव वडाबासीलाई चुस्त दुरुस्त र सजिलो गरी सेवा प्रदान गर्न सकिने छ ।

वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने  बताए । नगरपालिकाले   भौतिक पूर्वधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा पनि प्राथमिकताका साथ काम  गरिरहेको समेत बताएका थिए ।प्रत्येक वडाको आफ्नै वडा कार्यालय निर्माण गर्न सफल भएको बताउदै चाडैनै नगरपालिकाको प्रशासकीय भवन निर्माणको काम शुरु हुने जानकारी गराएका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङले  भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै सोमबार देखिनै नवनिर्मित भवनबाट सेवाग्राहीलाई सेवा उपलब्ध गराउने बताएका थिए  ।  पुरानो वडा भवन बाट स्वास्थ्य सेवा प्रदान गरिने समेत उनले जानकारी गराएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।