कागेश्वरी मनोहरा नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार बाट शूरु

कागेश्वरी मनोहरा नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार बाट शूरु

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ६ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, सबैका लागि खेलकुदू भन्ने मुल नाराको साथमा   कागेश्वरी मनोहरा नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार बाट शूरु भएको छ ।चार दिन सम्म चल्ने प्रतियोगितामा नगरपालिका भित्र संचालनमा रहेका सामुदायिक र संस्थागत गरि कुल ३५ बिध्यालयले  सहभागिता जनाएका छन ।शुक्रबार मुलपानी चौरमा भएको कार्यक्रमको  कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका हुन ।

 

आयोजक समितिका संयोजक एवं वडा नं ७ का वडाध्यक्ष भीमसेन थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रम उद्घाटन सत्रमा बिशेष अतिथिको रुपमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला कागेश्वरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल, वडा नं ४ का वडा अध्यक्ष विजय श्रेष्ठ धन वडा नं ५ का वडा अध्यक्ष शंकर पाण्डे, वडा नं ६ का वडा अध्यक्ष प्रकाश फुयाल,वडा सदस्य  कपिल पौडेल, वडा नं ८ का वडा अध्यक्ष हरिभक्त पुडासैनी, वडा नं ९ का वडा अध्यक्ष अनिल थापा नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति कविर शर्मा, कार्यपालिका सदस्यहरु  सहित बिभिन्न बिध्यालयका प्रधानाध्यापक र बिद्यार्थी  शिक्षक प्रतिनिधिहरु र स्थानीयको उपस्थिति रहेको कार्यक्रम संचालन कागेश्वरी मनोहरा नगरपालिका शिक्षा शाखा प्रमुख बिमल निरौलाले गरेका थिए ।

 

कागेश्वरी मनोहरा नगरपालिका स्रोत ब्यक्ती राजेश श्रेष्ठले  स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए  कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष प्रकाश, फुयाल, नेपाली कांग्रेस क्षेत्र नं २का सभापति कविर शर्मा लगायतले  शुभकामना मन्तब्य राख्दै  प्रतियोगिता सफलताको कामना  गरेका थिए  उनीहरुले बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताउँदै प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा मात्रै नभई विद्यालय विद्यालय बीचको भातृत्व समेत विस्तार हुने बताएका थिए  विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने  बिश्वास ब्यक्त गरेका थिए ।

 कार्यक्रममा सहभागी बिध्यालयका बिद्यार्थीहरुले मार्च पास   र  नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले प्रतियोगिता सफलताको कामना गर्दै शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको  बताएका थिए । उनले विद्यालयको पठनपाठनसँगै खेलकुदमा पनि लाग्न विद्यार्थीहरुलाई आग्रह गरेका थिए । उनले कागेश्वरी मनोहरा नगरपालिकालाइ खेलकुद नगरीको रुपमा विकास गर्ने उदेश्य सहित आफु अघि बढेको जानकारी दिएका थिए । उनले ९ वटै वडाहरुमा खेलकुदका पूर्वाधार बनाउन खेलकुदका पूर्वाधार निर्माणको लागि सम्भाब्यता अध्ययन समिति गठन भएकाले समितिले प्रतिवेदन बुझाएपछि खेलकुद परिषद, मन्त्रालयदेखि अन्तराष्ट्रिय दातृ निकायसँग समन्वय गरेर अगाडि बढ्ने योजना रहेको बताएका  थिए ।

उनले खेलकुदमा उत्कृष्ट हुने बिद्यार्थीहरुको अभिलेखीकरण राखी अन्य प्रतियोगितामा नगरपालिकाको प्रतिनिधित्व गर्दा त्यस्ता बिद्यार्थीहरुलाई प्राथमिकतामा राख्ने पनि बताएका थिए ।शुक्रबार एथलेटिक्सका खेलहरु संचालन भएका थिए  ।अध्यक्षताको आसन बाट बोल्दै कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा आयोजक समितिका संयोजक भीमसेन थापाले उपस्थिति सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।