नेपाल ह्यान्डबल संघको  तदर्थ समिति गठन, को को छन पदाधिकारी तथा सदस्य ?

कपन अनलाइन

काठमाडौं, फागुन ५।
विश्व बम मल्लको अध्यक्षतामा नेपाल ह्यान्डबल संघको  तदर्थ समिति गठन गरिएको छ । ह्यान्डबलका पूर्व प्रमुख प्रशिक्षक मल्लको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
सन्देश रेग्मीले महासचिव तथा ह्यान्डबलकै पूर्व प्रशिक्षक एवं राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक हिमालराज दाहालले कोषाध्यक्षको जिम्मेवारी पाएका छन  ।
त्यस्तै  सदस्यहरुमा रामकृष्ण केसी, विकास खनाल, रत्नज्योति मानन्धर, विराटमान वज्राचार्य, रविन धौभडेल, राकेश राई, बसन्त श्रेष्ठ, श्याम खरेल, पुरुषोत्तम लामिछाने, कमला विष्ट, राम गुरुङ, टेकबहादुर विक, रामेश्वर श्रेष्ठ र विमलेश सिंह रहेका छन् ।

समितिलाई ३ महिना भित्र विधान मस्यौदा तयार गरी परिषद्को स्वीकृतिमा साधारण सभा तथा निर्वाचन गर्नेछ  ।

तपाइँको प्रतिक्रिया ।