बुढानिलकण्ठका सुवास न्यौपानेलाई एएफसी फुटबल म्यानेजमेन्ट डिप्लोमा

बुढानिलकण्ठका सुवास न्यौपानेलाई एएफसी फुटबल म्यानेजमेन्ट डिप्लोमा

कपन अनलाइन

काठमाण्डौ ,फागुन ४।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतियोगिता ब्यवस्थापक सुवास न्यौपानेले एशियाली फुटबल महासंघ (AFC) फुटबल म्यानेज्मेन्ट डिप्लोमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

एएफसीले बिहिबार अनलाइनमार्फत दिक्षान्त समारोहको आयोजना गर्दै सुवास लगायत विश्वभरिका सहभागि २० जनालाई एएफसी फुटबल म्यानेज्मेन्ट डिप्लोमा प्रमाणपत्र प्रदान गरेको हो ।

एएफसीको ल्याण्डमार्क कार्यक्रम अन्तर्गत संचालन भएको १३ महिने एएफसी फुटबल म्यानेज्मेन्ट डिप्लो कोर्षमा विभिन्न एशोसिएट राष्ट्रहरुको फुटबल संघका ब्यवस्थापकिय जिम्मेवारीमा रहेको ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

दिक्षान्त समारोहलाई सम्बोधन गर्दै एएफसी सदस्य राष्ट्रको महासचिव वाहिद कर्दानीले प्रमाणपत्र प्राप्त सहभागि सबैलाई बधाई ज्ञापन गर्दै फुटबल ब्यवस्थापन गर्न सक्ने अब्बल जनशक्ति उत्पादन भएको प्रति विश्वस्त रहेको भनाई राखे ।

यस्तै वाहिदले फुटल विकासमा ब्यवस्थापनमार्फत योगदान गर्न इच्छा जनाउँदै एएफसीको कोषर्मा सहभागि भएर समय दिएको प्रति पनि सहभागि सबैलाई धन्यवाद प्रकट गरे ।

एएफसीले सन् २०२१ को नोभेम्बरबाट आफ्नो एएफसी एकेडेमिक सेन्टर फर एक्सिलेन्स् अन्तर्गत फुटबल म्यानेज्मेन्ट डिप्लोमा कोर्षको शुरुवात गरेको थियो ।

सुवासले सन् २०२२ को जनवरीमा शुरु भएको एएफसी फुटबल म्यानेज्मेन्ट डिप्लोमा कोर्षको दोस्रो ब्याचमा सहभागिता जनाएका थिए । उनीसँगै अष्ट्रेलिया, चिन, लाओस् लगायतका राष्ट्रबाट कोर्षमा सहभागिता जनाएका थिए ।

नेपालबाट एएफसीको फुटबल ब्यवस्थापन सम्बन्धि प्रमाणपत्र प्राप्त गर्ने सुवास पहिलो ब्यक्ति हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट स्पोर्टस् साईन्समा स्नातकोतर समेत गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।