क्यान्सर रोगको सचेतनाका लागि मेची- महाकाली साइकल यात्रामा निक्लिए गोकर्णेश्वरका धुर्ब हुमागाई

क्यान्सर रोगको सचेतनाका लागि मेची- महाकाली साइकल यात्रामा निक्लिए गोकर्णेश्वरका धुर्ब हुमागाई

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ४ ।  अबुर्द रोग( क्यान्सर)को जनचेतना जगाउने उदेश्य सहित गोकर्णेश्वरका  धुर्ब हुमागाईले  मेची महाकाली साइकल यात्रा शुरु गरेका छन। आज बिहान गोकर्णेश्वर ५ स्थित अर्घतेश्वर महादेव मन्दिरमा एक कार्यक्रमका बीच उनलाई संबिधान सभा सदस्य एबम पूर्व बागमती प्रदेश मन्त्री रामेश्वर फुयाल, बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा,गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, गोकर्णेश्वर नगरपालिका नगर प्रवक्ता एबम वडा नं  ५का वडा अध्यक्ष नारायण बहादुर सुवेदी पुर्व वडा अध्यक्ष रमेश अर्याल   संचारकर्मी निर्मल अर्याल  लगायत स्थानियले  शुभकामना सहित बिदाइ गरेका हुन। साइकल यात्री हुमागाई आफै पनि क्यान्सर पिडित रहेको र क्यान्सर सम्बन्धी जनचेतना जगाउने उदेश्य  सहित मेची महाकाली साइकल यात्रा शुरु गरेका हुन ।

क्यान्सर यस्तो रोग हो, जसको प्रभाव शरीरमा छ/छैन भन्ने विषयमा बिरामीलाई हतपत जानकारी हुँदैन। यो रोग लाग्यो भने सितिमिती निको हुँदैन भन्ने अर्को गलत बुझाइ पनि समाजमा व्याप्त छ। वास्तविकता योभन्दा फरक छ। अर्थात् क्यान्सर रोग निको हुन्छ र निको भएपछि सम्बन्धित व्यक्ति अन्य सरह फूर्तिलो भएर बाँच्न सक्छ। तर रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिनु उत्तम उपाय हो भन्ने हेक्का सबैले राख्नुपर्छ। हरेक नागरिकले क्यान्सर रोगलाई आमन्त्रण गर्ने क्रियाकलापबाट टाढा रहने उपाय अपनाउने हो भने मुलुकबाटै यो रोगलाई निर्मूल पार्न सकिन्छ।

तपाइँको प्रतिक्रिया ।