बुढानिलकण्ठ-१० का एक व्यक्तिको इसेवा ह्याक गरेर ठगी गर्ने गोकर्णेश्वर-५ का एक जना पक्राउ

बुढानिलकण्ठ-१० का एक व्यक्तिको इसेवा ह्याक गरेर ठगी गर्ने गोकर्णेश्वर-५ का एक जना पक्राउ

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ४ ।

ई – सेवा  ह्याक गरेर  ठगी गर्ने एक जना पक्राउ परेका  छन ।

रौतहट जिल्ला गरुणा नगरपालिका वडा नं ४ स्थायी घर भइ हाल बुढानिलकण्ठ नगरपालिका वडा नं १०  साततले बस्ने प्रदिप शाहको इ सेवा आइडी ह्याक गरि ७५ हजार ५ सय निकाली ठगि गरेको उजुरी पश्चात खोजी गर्दा गोकर्णेश्वर -५ बस्ने एक जना पक्राउ परेका हुन्।

कपन प्रहरी बाट खटिएको टोलीले अनुसन्धान र खोजतलास गर्ने क्रममा महोत्तरी जिल्ला  बर्दिबास नगरपालिका वडा नं. ५ स्थायी  घर भई   गोकर्णेश्वर नगरपालिका वडा न. ५ बेसीगाँउ बस्ने बर्ष २१ का  नविन मगर भन्ने शिब बहादुर मगरलाइ प्रक्राउ गरि थप अनुसन्धान र कारवाहीको  लागि प्रहरी वृत्त बौद्ध पठाएको कपन प्रहरीले  जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।