काठमाण्डौ महानगरमा फेसलेस गभर्नेन्सको अभ्यास शुरु : वडा नं १५ का रञ्जित बने पहिलो लाभग्राही

काठमाण्डौ महानगरमा फेसलेस गभर्नेन्सको अभ्यास शुरु : वडा नं १५ का रञ्जित बने पहिलो लाभग्राही

कपन अनलाइन

काठमाण्डौ ,फागुन ४।काठमाण्डौ महानगरमा फेसलेस गभर्नेन्सको अभ्यास शुरु भएको छ।

वडा नं. १५ का सेवाग्राही राज्य रञ्जितले  घर बाटो शिफारिस मोवाइलबाटै प्राप्त गरे संगै उनि पहिलो यस सेवाको पहिलो लाभग्राही बनेका छन । उनले  केएमसी एपको प्रयोग गरेर शिफारिसका लागि निवेदन दिएका थिए।

महानगरको एकीकृत विद्युतीय शासन सम्बन्धी प्रणालीमा रञ्जितको विवरण प्राप्त भएपछि वडा सचिव शुशिल सुवेदीले रुजु गरेर डिजिटल सिग्नेचरबाट प्रमाणीकरण गरेका थिए  ।

यसपछि विवरण वडाध्यक्ष ईश्वरमान डंगोलकोमा पुग्यो । त्यसमा वडाध्यक्ष डंगोलले डिजिटल सिग्नेचरसहित प्रमाणीकरण गरेपछि प्रमाणा पत्र रञ्जितको मोवाइलमा गयो । यो प्रमाण पत्र प्राप्त गरेपछि रञ्जित महानगरको फेसलेस सेवाको लाभ प्राप्त गर्ने पहिलो लाभग्राही बनेका छन  ।

यो प्रणालीमा इ—शिफारिस, दर्ता चलानी सेवा छन् । सेवाग्राहीले काठमाडौँ महानगरपालिकाको मोवाइल एप्लिकेसन केएमसी एपबाट आफ्ना विवरण भरेपछि ती तथ्याङ्क तथा सूचना वडा सचिवकोमा पुग्छ । त्यहाँबाट प्रक्रिया सुरु हुन्छ । यसको प्रमाणीकरणका लागि वडा सचिवहरुलाई डिजिटल हस्ताक्षर टोकन दिइसकिएको छ ।

एकीकृत विद्युतीय शासन प्रणालीका विकासकर्ता स्मार्ट पालिकाका निर्देशक मनोज भट्टराईकाअनुसार वडा तहबाट प्रवाह गर्नु पर्ने ८८ प्रकारका सेवामध्ये ४५ प्रकारका शिफारिस सेवालाई प्रणालीमा प्रविष्ट गराइसकिएको छ ।

तपाइँको प्रतिक्रिया ।