गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा ४ दिने उद्घोषण तथा भाषण कला तालिम सम्पन्न
कपन अनलाइन
काठमाडौं, माघ २७ । गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा ४ दिने उद्घोषण तथा भाषण कला तालिम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ७ को आयोजना तथा सन्ध्या फिल्म्स एण्ड मिडिया प्रालिको सहकार्यमा माघ २३ गते देखि शुरु भएको उक्त तालिम माघ २६ गते सम्पन्न भएको हो । शिवचोक स्थिति वडा कार्यलयको हलमा सम्पन्न उक्त तालिममा ७० जनाको सहभागिता रहेको आयोजकले जानकारी गराएको छ । सन्ध्या फिल्म्स एण्ड मिडिया प्रालिको अध्यक्ष दिलमाया तामाङको अध्यक्षतामा भएको उक्त तालिम समापन सत्रको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ रहेका थिए भने बिशेष अथितिको रुपमा वडा सदस्यहरु कर्मचारी सहित प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।
तालिमलाइ प्रशिक्षक प्रितम पौडेलले सहजीकरण गरेका थिए ।राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङले यस्ता तालिमले आत्माविश्वास बढाउनुको साथै व्यक्तिमा निखारता ल्याउने बताए उनले महिला सशक्तीकरणका लागि बोल्नेकला आवश्यक भएको पनि बताउदै सिकेको कुरा व्यवहारमा उतार्न अनुरोध गरेका थिए ।
अध्यक्षताको आसन वाट बोल्दै सन्ध्या फिल्म्स एण्ड मिडिया प्रालिको अध्यक्ष दिलमाया तामाङले उपस्थित सबैलाई धन्यबाद दिदै भाषण कला र भाषिक कलालाई जोडेर कुनै पनि प्रकारका नेतृत्व वर्गलाई ज्ञान र सिप दिनु आजको आवश्यकता भएकोमा जोड दिँदै उनले पिठो बिकाउने मात्रै नभई चामलै बिकाउन पनि सही ढङ्गले बोल्नु आवश्यक भएको भनाइ राखेकी थिइन् । उनले सिकेको कुरा व्यवहारमा उतार्न अनुरोध समेत गरेकी थिइन । प्रशिक्षार्थीहरुलाई तालिमको प्रमाण पत्र समेत वितरण गरिएको थियो ।