श्री भूमेश्वर आधारभूत बिध्यालय काभ्रे तेमाल ७ लाइ कम्प्युटर र प्रिन्टर  प्रदान

श्री भूमेश्वर आधारभूत बिध्यालय काभ्रे तेमाल ७ लाइ कम्प्युटर र प्रिन्टर  प्रदान

कपन अनलाइन

काठमाडौँ, माघ १५।  तेमाल गाउपलिका वडा नं ७ काभ्रे स्थित श्री भूमेश्वर आधारभूत बिध्यालयलाइ कम्प्युटर र प्रिन्टर  प्रदान गरिएको छ  ।शनिबार सामाजिक तथा मानविय सेवामा सक्रिय लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं सिर्जनशिलको आयोजना तथा ज्योति विकास बैकको प्रायोजनमा विद्यालयमा शिक्षण सिकाइलाई प्रविधिसंग जोड्न मदत पुगोस भनेर कम्प्युटर र  प्रिन्टर प्रदान गरिएको हो । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं सिर्जनशिलको चार्टर प्रेसिडेन्ट अच्युत बिष्टको अध्यक्षता एक कार्यक्रमका बीच उक्त बिध्यालयलाइ कम्प्युटर र प्रिन्टर प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा हो लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी का फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन रमेश लामा रहेका थिए भने बिशेष अतिथिको रुपमा  ज्योति विकास बैकका सहायक महाप्रबन्धक राम हरि आचार्य लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी का सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन सुरेन्द्र प्रकाश बलाय, तेमाल गाउपलिका वडा नं ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङ, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डीका एरिया कोर्डिनेटर लायन डाल बहादुर अर्याल, लायन्स क्लब अफ काठमाडौं सिर्जनशिलको फर्स्ट भाइस प्रेसिडेन्ट लायन कविता खनाल, सचिब लायन मन्दिरा सुवेदी,कोषाध्यक्ष लायन तुलसीमाया श्रेष्ठ,  लायन अमर बिष्ट, लायन सालिक सुवेदी, लायन लाक्पा  शेर्पा , लायन फुर लाक्पा शेर्पा, बिध्यालयका प्रधानाध्यापक कुवाङ छु लामा लगायत लायन्स सदस्यहरु सहित शिक्षक बिद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रम संचालन बिद्यालयका शिक्षिका शर्मिला मैनाली त्रिपाठीले संचालन गरेकी थिइन ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं सिर्जनशिलको चार्टर प्रेसिडेन्ट अच्युत बिष्टले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै अध्यक्षता ग्रहण गरेका थिए।   उनले विद्यार्थीहरुको शिक्षामा सहयोग  पुर्याउने उदेश्य सहित ज्योति बिकास बैक संगको सहकार्यमा  सहयोग गरेको जानकारी गराए । दुर्गम गाउँका विद्यालयमा शिक्षण सिकाईलाई प्रविधिसंग जोड्न सकिएमा मात्र गुणस्तरीय शिक्षा हासिल गर्न सकिने उनको भनाइ रहेको थियो ।

‘अहिलेको समयमा कम्प्युटर शिक्षाको आवश्यकता धेरै नै भएको छ ।’ उनले भने, यहाँका विद्यार्थीहरुलाई पनि हामीले दिएका कम्प्युटरले शिक्षा आर्जन गर्नमा थप सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं । ’ हाल  ६ वटा कम्प्युटर र फोटोकपीसहितको  दुइ थान प्रिन्टर बिध्यालयलाइ प्रदान गरिएको जानकारी दिदै उक्त  सामग्रीको सदुपयोग गर्न अनुरोध गरेका थिए । विद्यार्थीको चौतर्फी हितको लागि आफुहरुको पहलमा सहयोग सामाग्री जुटाइएको बताउदै उनले उक्त बिध्यालयलका शिक्षकलाइ कम्प्युटर तालिम समेत प्रदान गर्ने  प्रतिबद्धता ब्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारि रहने बताएका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै ज्योति विकास बैकका सहायक महाप्रबन्धक राम हरि आचार्यले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले  बिभिन्न संघ संस्थाहरुलाई यसैगरी विभिन्न आर्थिक तथा भौतिक सहयोगहरु गर्दै आईरहेको बताए ।

कार्यक्रममा  तेमाल गाउपलिका वडा नं ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङले सहयोगको लागि धन्यवाद दिएका थिए ।प्रबिधि मैत्री शिक्षा आजको आवश्यकता रहेको  बताउदै त्यसको लागि गाउपलिकाले पनि प्रयास जारी राखेको जानकारी गराएका थिए  विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि विद्यालयले चौतर्फि प्रयास गरीरहेको अबस्थामा   प्राप्त कम्प्युटरले ठुलो सहयोग पुगेको भन्दै सहयोग गर्नेहरुलाई धन्यबाद ज्ञापन  गरेका थिए । उनले बिध्यालयले गरेका काम र प्रयासको बारेमा समेत जानकारी दिदै  निरन्तर सहयोगको अपेक्षा गरेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी का फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन रमेश लामाले लायन्स क्लबले गर्दै आएको कामको बारेमा संक्षिप्त जानकारी गराएका थिए ।  लायन्स  क्लबले मोतियाविन्दुका समस्या भएकाहरुको लागि निःशुल्क आँखा उपचार , दैवि प्रकोपबाट पिडितलाई राहत , विभिन्न विद्यालयहरुलाई शैक्षिक सामाग्री सहयोग जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको  बताए ।

उनले बिद्यालयले प्राप्त गरेको कम्प्युटरका माध्यमले गर्दा बिद्यार्थिले नयाँ प्रबिधिको  प्रत्यक्ष रुपमा लाभ लिन पाऊने भएको बताए ।  कम्प्युटर  सहयोगले विद्यालयको प्रशासनिक गतिबिधिका साथै गरिव, विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गरिने जानकारी गराएका थिए ।बिध्यालयका प्रधानाध्यापक कुवाङ छु लामाले सहयोगको लागि धन्यवाद दिदै कम्प्युटर सहयोगले आधारभुत तहमा अध्ययनरत बालबालिकालाई कम्प्युटर शिक्षा प्रदान गर्न ठूलो सहयोग मिल्ने विश्वास व्यक्त  गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।