कान्ति भैरब मिडिया द्वारा निर्मित युट्युब शृंखला ‘कथा यस्तोपनी’को अन्तरक्रिया तथा चियापान
कपन अनलाइन
काठमाडौँ,माघ ७ । कान्ति भैरब मिडिया द्वारा निर्मित युट्युब शृंखला ‘कथा यस्तोपनी’को एघारौ भाग सम्मको सफल प्रसारणको उपलक्ष्यमा आयोजित अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न भएको छ गोकर्णेश्वर नगरपालिका वडा नं ३ टोठाडोल स्थित यू क्याफेमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा संघिय सांसद सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४का वडा अध्यक्ष जयराम महत लगायत कान्ति भैरब मिडिया द्वारा निर्मित युट्युब शृंखला ‘कथा यस्तोपनी’का कलाकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रमक अध्यक्ष कान्ति भैरब मिडियाका अध्यक्ष तथा निर्देशक राम भक्त श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन संचारकर्मी आर के सुवेदीले गरेका थिए ।
राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि संघिय सांसद सन्तोष चालिसेले पानसमा दिप प्रज्वलन सहित उद्घाटन गरेको सो कार्यक्रममा कान्ति भैरब मिडिया द्वारा निर्मित युट्युब शृंखला ‘कथा यस्तोपनी’का कलाकारहरुलाई खादा लगाई बधाई र सम्मान गरिएको थियो ।स्थानीय क्षेत्रको प्रवर्धन गर्ने उदेश्य सहित निर्मित उक्त युट्युब शृंखला गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र शंखरापुर नगरपालिकाका रमणीय स्थानहरुमा छायांकन गरिएको निर्देशक राम भक्त श्रेष्ठले स्वागत मन्तब्य सहित जानकारी गराएका थिए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै बिशेष अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महतले स्थानीय कलाकारहरुले गरेको कामको प्रसंशा गर्दै सो कामले स्थानीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने बिश्वास राखेका थिए । कलकारहरु राष्ट्रको गहना भएको भन्दै उनीहरुले गरेको कामको मूल्यांकन हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यकमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि संघिय सांसद सन्तोष चालिसेले कान्ति भैरब मिडिया द्वारा निर्मित युट्युब शृंखला ‘कथा यस्तोपनी’को सफलताको कामना गर्दै स्थानीय क्षेत्रको विकास र सम्बर्द्धनका कागी कलाकारहरुको भूमिका महत्वपूर्ण हुने बताएका थिए । उनले कुनै पनि काममा एकैचोटी सफलता प्राप्त नहुने बताउदै निरन्तरता आवश्यक रहेको बताएका थिए ।उनले स्थानीय कलाकारहरुलाई आफ्नो तर्फ बाट गर्न सकिने सहयोग रहने समेत जानकारी गराएका थिए ।कान्ति भैरब मिडिया द्वारा निर्मित युट्युब शृंखला ‘कथा यस्तोपनीमा शिवन श्रेष्ठ, अभिनेता, नियुक्ति कान्जी शेर्पा,दीक्षा दाहाल,अभिनेत्रीको भूमिकामा रहेकी छिन भने राम प्रसाद कोइराला चरित्र अभिनेता, हरिचन्द्र फुयाल , बिष्णु श्रेष्ठ,दिलकुमार श्रेष्ठ,केदार खड्का सोनाम तामाङ,राजु लामा खलनायकको रुपमा रहेको उक्त शृंखला छायांकन अरुण मगरले गरेका छन ।