बुढानिलकण्ठ नगरपालिकाले ल्होछार पर्व मनाउने,उपप्रमुखको संयोजकत्वमा मूल व्यवस्थापन समिति
कपन अनलाइन
काठमाण्डौ ,माघ ५।
बुढानिलकण्ठ नगरपालिकाले भव्य रूपमा ल्होछार पर्व मनाउने भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा -८ को गोल्फुतार मैदानमा माघ ८ गते हुने सो कार्यक्रममा सबै जात जातिले मनाउने ल्होछारहरुलाई यश पटक एकीकृत रूपमा मनाउने तयारी गरिएको हो।
बुढानिलकण्ठ नगरपालिकाले आयोजना गरेको संचार्कर्मी भेटघाटमा बोल्दै नगर उपप्रमुख अनिता लामाले नगरको सांस्कृतिक सम्पदा र संस्कारको सम्वर्धनका लागि यस पटक संयुक्त कार्यक्रम गर्न लागिएको जानकारी दिएकी छन।
माघ ८ गते दिउसो १ बजे देखि हुने कार्यक्रमका लागि विभिन्न वडाहरुबाट र्याली सहित सहभागीहरु आउने जानकारी दिदै मूल व्यवस्थापन समितीकी संयोजक समेत रहेकी लामाले कार्यक्रमलाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरेको बताएकी छन।
बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले संचालन गरेको सो संचारकर्मी भेटघाटमा वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ ,वडा नं ६ का अध्यक्ष रवी खड्का ,वडा नं ८ का अध्यक्ष सुमन तामाङ,वडा नं ५ का निवर्तमान अध्यक्ष विजय तामाङ सहित विभिन्न संचार माध्यमहरुको उपस्थिति रहेको थियो।
ल्होछार पर्व मनाउनका लागि गठन गरिएका उपसमितिहरु :
मूल व्यवस्थापन समिति
संयोजक : अनिता लामा
१.मन्च व्यवस्थापन उपसमिति
संयोजक : सुमन तामाङ
सदस्य : दिलिप थिङ्ग
सदस्य : कर्ण लामा
२.आर्थिक तथा प्रसासन उपसमिति
संयोजक : विजय तामाङ
सदस्य : सुरेन्द्र लामा
सदस्य :विकास तामाङ
३.सांस्कृतिक उपसमिति
संयोजक : राजु तामाङ
सदस्य :धोर्जे तामाङ
सदस्य :सुजन तामाङ
४.प्रचार प्रसार तथा सुचना संचार उपसमिति
संयोजक : उज्वल तामाङ
सदस्य :बसन्त तामाङ
सदस्य : बुद्धि तामाङ
५. खाध्य व्यवस्थापन उपसमिति
संयोजक : दिलिप तामाङ
सदस्य : श्रीमान तामाङ
६. स्वयंसेवक व्यवस्थापन उपसमिति
संयोजक : कर्ण लामा
सदस्य : रण बहादुर तामाङ
सदस्य :श्री लामा
सदस्य : हेब्सिबा तामाङ
सदस्य ; रंजित लामा
७.सांस्कृतिक र्याली तथा झाँकी व्यवस्थापन उपसमिति
संयोजक : प्रेम बहादुर तामाङ
सदस्य : दिपक तामाङ
सदस्य :सुमन तामाङ
सदस्य :श्याम तामाङ
सदस्य : मिलन तामाङ
सदस्य : रोहित तामाङ
८. पुजा व्यवस्थापन उपसमिति
संयोजक : इन्द्र लामा
सदस्य :कृष्ण बहादुर तामाङ
सदस्य :भिम बहादुर तामाङ
कार्यक्रमको विवरण (स्टल बुकिङ्ग र सांस्कृतिक प्रस्तुतिका लागि सम्पर्क नम्बर तल दिइएको छ )