जब कुलमान घिसिङले समाजसेवी निम्तो नवाङ शेर्पाको मुक्तकण्ठले प्रसंसा गरे……..

कपन अनलाइन

काठमाण्डौ ,माघ ५।

नेपाल विध्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समाजसेवी निम्तो नवाङ शेर्पाको मुक्तकण्ठले प्रसंसा  गरेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा-११ मा रहेको साम्तेन मेमोरियल एजुकेसनल एकेडमीले आयोजना गरेको पोशाक वितरण कार्यक्रममा बोल्दै घिसिङले शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदान प्रसंसा योग्य रहेको बताएका थिए।

बालसेवा मावीमा अध्य्यन गर्दा सहपाठी रहेका शेर्पा इमान्दार, सरल र सेवाभावले प्रेरित रहेको भन्दै उनले विध्यालयका दिनहरुको स्मरण समेत गरेका थिए ।

शिक्षाको मन्दिर स्थापना गरेर देशका कर्ण धारहरु उत्पादन गर्ने काम बिजुलीले उज्यालो बनाउनु भन्दा निकै ठुलो र महान भएको भन्दै घिसिङले आफ्ना पुराना मित्रको कामले निकै सन्तुष्टि प्रदान गरेको धारणा राखेका थिए ।

२०६२ सालमा स्थापना भएको साम्तेन मेमोरियल एजुकेसनल एकेडमीका संस्थापक अध्यक्ष समेत रहेका शेर्पा विभिन्न सामाजिक अभियानमा समेत सकृय रहेका छन।

आफ्नो जन्मभूमि दोलखा तथा कपन क्षेत्रका विभिन्न सामाजिक र धार्मिक विकासका अभियानहरुमा सक्रिय रहेका शेर्पा टिबेटन ह्याण्डीक्राफ्ट एण्ड पेपर प्रालिका प्रवन्ध निर्देशक समेत रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।