कागेश्वरी मनोहरा नगरपालिकामा लोकसेवा आयोगको तयारी कक्षा शुरु
कपन अनलाइन
काठमाडौं, माघ ३ ।कागेश्वरी मनोहरा नगरपालिका द्वारा सञ्चालित रा.प.अनं.प्रथम(ना.सु.)र रा.प.अनं. द्वितीय (खरिदार)श्रेणीका प्रशासनिक सेवाको पदका लागि ६० दिने लोकसेवा आयोगको तयारीकक्षा शुरु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थली स्थित कान्ति भैरब माविमा पौष २५ गते उक्त कार्यक्रमको नगर प्रमुख उपेन्द्र कार्की र उप प्रमुख शान्ता थापाले सहभागीहरुलाई पुस्तिका प्रदान गर्दै उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन ।
नगरपालिकाले दलित, आदिवासि/जनजाति, महिला र अपाङ्गता तथा पिछडिएको क्षेत्रका लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको हो । निजामती सेवामा दलित तथा महिलाको पहुँच अभिवृद्धि तथा निजामती प्रशासनप्रति अभिरुचि जगाउने उद्देश्यले तयारी कक्षा सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । प्रतिदिन बिहान ६ :३० बजे देखि ८ :३० बजे सम्म चल्ने उक्त कक्षामा नगरपालिका भित्र बसोबास गर्नेलाई प्राथमिकता दिइएको छ ।