खगेन्द्र नवजीवन केन्द्रको स्थापना दिवसको अवसरमा आयोजित व्हिलचियर रेस सम्पन्न

खगेन्द्र नवजीवन केन्द्रको स्थापना दिवसको अवसरमा आयोजित व्हिलचियर रेस सम्पन्न

कपन अनलाइन

काठमाडौं, माघ ३ । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका  संस्थापक अध्यक्ष स्व. खगेन्द्र बहादुर बस्नेतको ९५ औं जन्म जयन्ती तथा ५३ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित व्हिलचियर रेस सम्पन्न भएको छ। आज बिहान जोरपाटी ओरालो बाट शुरु भएको उक्त व्हिल चियर रेस खगेन्द्र नवजीवन केन्द्र नारायणटारमा पुगी सम्पन्न भएको थियो।  अपाङ्ग संघ,खगेन्द्र नवजीवन केन्द्रको केन्द्रीय अध्यक्ष साम्देन लामाले रिवन काटी रेसको उद्घाटन गरेको उक्त प्रतियोगितामा  ११  जनाले सहभागिता जनाएका थिए ।  प्रतियोगितामा पुरुष तर्फ रमेश खत्री प्रथम भए भने रामकाजी मिजार द्दितीय र अर्जुन दोङ तामाङ तृतीय भए ।

त्यसै गरि महिला तर्फ एश्वर्य कुमारी कुमाल प्रथम भइन भने पेमा गुरुङ दितीय र सुशिला शाही तृतीय भइन प्रतियोगितामा प्रथम दितीय र तृतीय सहित  सहभागीहरुलाई  माघ ५ गते नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका  संस्थापक अध्यक्ष स्व. खगेन्द्र बहादुर बस्नेतको ९५ औं जन्म जयन्तीको अवसरमा आयोजना हुने समारोहमा पुरस्कार वितरण गरिने  अपाङ्ग संघ,खगेन्द्र नवजीवन केन्द्रको केन्द्रीय अध्यक्ष साम्देन लामाले कपन अनलाइनलाइ जानकारी गराए ।

 

उनले  नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका  संस्थापक अध्यक्ष स्व. खगेन्द्र बहादुर बस्नेतको ९५ औं जन्म जयन्ती तथा ५३ औंस्थापना दिवसको उपलक्ष्यमा बिभिन्न खेलकुद कार्यक्रम समेत गरिरहेको जानकारी गराएका छन ।

तपाइँको प्रतिक्रिया ।