नेसनल प्याव्सन स्थापना दिवसको अवसरमा जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान

नेसनल प्याव्सन स्थापना दिवसको अवसरमा जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान

कपन अनलाइन

काठमाण्डौ ,पुस २८।

रास्ट्रीय निजि तथा आवासीय विद्यालय संगठन ( नेसनल प्याव्सन ) को २५ औ स्थापना दिवसका अवसरमा नेसनल प्याव्सन  काठमाण्डौ जिल्लाको आयोजना र नेसनल प्याव्सन बुढानिलकण्ठ नगर समितिको व्यवस्थापनमा भएको कार्यक्रममा जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरिएको छ।

नेपाल सरकारका मन्त्रि राजेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा र प्रदेस सभा सदस्य तथा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख ,उपप्रमुख र वडा अध्यक्षहरुलाई बधाई ज्ञापन तथा सम्मान गरिएको थियो।

नेसनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल,काठमाण्डौ क्षेत्र नं ४ (२ ) का प्रदेस सभा सदस्य जयराम थापा,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने,नेसनल प्याव्सनका बरिस्ट उपाध्यक्ष सुवाष न्यौपाने,सचिव विष्णु पराजुली लगायतको उपस्थितिमा भएको सो कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति पनि रहेको थियो।

नेसनल प्याव्सन बुढानिलकण्ठका अध्यक्ष नारायण बाबु तिमल्सिनाले स्वागत मन्तव्य राखेको सो कार्यक्रम बुढानिलकण्ठ -१० को  मिलनचोक पार्टी भेन्यु ,पन्चकुमारीमा भएको थियो।

तपाइँको प्रतिक्रिया ।