गोकर्णेश्वर नगरपालिकाको छ महिने कुक तालिममा सहभागिताको लागि निवेदन दिने सम्बन्धी सार्वजनिक सुचना

गोकर्णेश्वर नगरपालिकाको छ महिने कुक तालिममा सहभागिताको लागि निवेदन दिने सम्बन्धी सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ, पौष २४ ।   गोकर्णेश्वर नगरपालिकाले  छ  महिने कुक तालिममा सहभागिताको लागि निवेदन दिन सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ ।   प्रशासन शाखा प्रमुख भुपेन्द्र बोहोराले जारी गरेको उक्त सुचनामा  गोकर्णेश्वर नगरपालिका र Exel Academy of Tourism and Hotel Management Pvt .Ltd बीच भएको सम्झौता बमोजिम गोकर्णेश्वर नगरपालिका भित्र बसोबास गरेका र निम्न योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले छ महिने कुक तालिममा सहभागिताको लागि आफ्नो नागरिकताको फोटोकपी वा बसाइ सराइ प्रमाणपत्रको फोटोकपि वा बिवाहदर्ता प्रमाणपत्रको फोटो कपि सहित नगरपालिकाको आर्थिक विकास शाखामा सुचना प्रकाशित भएको मितिले सात दिन भित्र सम्पर्क गर्न सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

१)निवेदनका आधार जम्मा १८ जना  मात्र सहभागी गराइने ।

२) निवेदकले कम्तिमा १०+ २ पास गरेको हुनुपर्ने ।

३) निवेदक मध्येबाट ५ जनामहिला, १(जना) दलित ३(जना) जनजाति  छनौट गरिनेछ र प्रत्येक  वडा बाट एक जनाको दरले छनौट गरिनेछ ।

४) निवेदकको उमेर २० बर्ष माथि र ३५ बर्ष न नाघेको हुनुपर्ने उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।