‘राजनीतिमा समावेशिताको अर्थ’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

‘राजनीतिमा समावेशिताको अर्थ’ विषयक अन्तर्क्रिया कार्यक्रम  सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पौष २४ ।  श्री बौद्धनाथ क्षेत्र विकास समिति र मिडिया एडभोकेसी ग्रुप् द्वारा आयोजित राजनीतिमा समावेशिताको अर्थ’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बौद्धमा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा  प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे प्रतिनिधिसभा सदस्य शान्ती श्रेष्ठ प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा,  वागमती प्रदेश सभा सदस्य कुमारी लामा माओवादी नेतृ माननीय उर्मिला माझी, गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल  बौद्ध नाथ क्षेत्र विकास समितिका सदस्य जानुका भण्डारी, लगायत पदाधिकारी र बिभिन्न महिला समूहहरुको उपस्थिति रहेको थियो । पत्रकार बबिता बस्नेतले संचालन गरेको उक्त कार्यक्रममा मिडिया एडभोकेसी ग्रुपकी अध्यक्ष अनिता बिन्दुले  स्वागत मन्तव्य राखेकी थिइन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले आजभन्दा पाँच वर्षअघि गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा महिला लक्षित कार्यक्रम दिँदा पनि काम गर्न  नसकेको उदाहरण दिदै समावेशिताभन्दा पनि क्षमता बढाउनुपर्नेमा जोड दिएका थिए   ।वागमती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामाले लोकतन्त्रको विकासका लागि सबैको आवाज समेट्ने अवधारणा नै समावेशिता भएको बताए । सांसद  लामाले समावेशिता कार्यन्वयनको पक्ष चाहिँ अल्टर बनेको उल्लेख गर्दै उनले जातीय, लैङ्गिक, वर्गीय रूपमा समावेशिता हुनुपर्नेमा जोड दिएका थिए  ।

कार्यक्रममा वागमती प्रदेश सांसद कुमारी लामाले वागमती प्रदेशमा राप्रपाले फरक क्षमताकी लक्ष्मी घिमिरेलाई वागमती प्रदेश सांसद बनाएको बताइन । उनले जुन  समावेशिताका लागि राप्रपाको महत्वपूर्ण कार्य भएको बताइन् । त्यस्तै माओवादी नेतृ माननीय उर्मिला माझीले आफू माझीको छोरी आज माननीय हुन सफल भएको भन्दै   यो नै समावेशिताको अनुपम नमुना भएको बताइन  ।  उनले समावेशिताको मुद्धा उठाउने काम नै माओवादीले गरेको बताइन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दैगोकर्णेश्वर नगरपालिकाका  प्रमुख दीपक रिसालले संविधानमा समावेशिता अत्यन्त महत्वपूर्ण रूपमा निर्दिष्ट गरिएको बताउदै त्यसलाई अझ बढी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए   । समावेशितामा गएको टिमले अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने उनको  सुझाब रहेको थियो । उनले गोकर्णेश्वरमा स्वास्थ्य र शिक्षामा समावेशितालाई जोड दिएको बताउँदै आफूले नगरपालिकामा महिला र समावेशिताका लागि काम गरेको र अझै सशक्त रूपमा गर्ने बताए ।

अध्यक्षताको आसन बाट बोल्दैबौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले राज्यको प्रमुख पदमा, राज्य सञ्चालनको मुख्य पदमा सबै आउनुपर्छ भनेर नै समावेशिता ल्याइएको हुँदा यसलाई व्यवहारमा समेट्न सहभागीलाई आह्वान गरेका थिए । लामाले अन्तर्क्रियाबाट महत्वपूर्ण कुराहरू आएको छ । त्यसलाई सदनमा सशक्त रूपमा पुर्याउन सांसदहरूलाई अनुरोध पनि गरेका थिए  ।   कार्यक्रममा संचारकर्मी दिपक लामिछानेले धन्यवाद ज्ञापन गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।