शीतको थोपा अनि कर्कलाको पात : गंगा लिगल ( कविता )

शीतको थोपा अनि कर्कलाको पात : गंगा लिगल  ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस २३।

मानिसको जीवनलाई
कर्कलाको पातमा रहेको
शीतको थोपासँग
दाज्ने गरिन्छ
किनकी कर्कलाको
पातमा रहेको
शीतको थोपा
केहीदिन मै खसेर
नाशहुन सक्छ
शीतको थोपाको
टलपलाहटलाई मोतीको
उदाहरण पनि दिइन्छ
किनकीशीतको थोपामोती समान
सुन्दर पनि हुन्छ ।

त्यस्तै मानिसको जीवनपनि
अति सुन्दर तर
केही ठेकाननभएको
क्षणिक नै हुन्छ
तर यो जीवनलाई
क्षणिकको रुपदिएर
त्यसै बहकिनदिनहुदैन
अनि निरासाल्याउनदिनहुदैन ।
जस्ले गर्दा जीवन
बिनाकामको हुनपुगोस ।

तसर्थ राम्रोसँग मनन गरौ मानव
यो क्षणिक जीवनपनि
कति महत्वपूर्ण छभनेर ।

कर्कलाको पातमा रहेको शीतलाई
कसैले महत्वदिदैनन्
तर अनवरत दिल र
ज्ञान चच्छुले नियाली हेरे
त्यो त अत्यन्तपारदर्शी
र चोखो छ
किनकीशीत छानिएर
मोतीको रुपमा
आफुलाई गर्बित
स्वाभिमानी, सत्य र
पारदर्शीको रुपमापाएर
मानिसले यस्लाई
जीवन संग दाज्ने गरेकोछ ।

यतिमात्रनभएर
कबिको कबितालाई
मिठास पुर्ण तरिकाले
प्रवाहितगर्ने एउटा उच्च
स्रोत या माध्यमको रुपमा
कबिहरुले मानेका छन ।

तसर्थ शीतको थोपाले
कर्कलाको पातमा बसेर
महत्वपूर्ण भुमिका
निर्वाह गरेको पाइन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।