उसको देश भक्तिमा : दिवाकरप्रसाद आचार्य ( कविता )

उसको देश भक्तिमा : दिवाकरप्रसाद आचार्य ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस २३।

झल्कने कीम्मति सारी सदा पहिरी गात्रमा ।
लाएको शूट औ टाई चश्मा र बूट मात्रमा ।
खुल्दैनन् नर वा नारी खाली ढांचा रवाफमा ।
मान्छे खुल्दछ मान्छे भै उसको देश भक्तिमा ।

गुट्टीहांकेर मात्रै लौ गाउंमा र बजारमा ।
गर्दै भाषण कूर्लेर नेताबन्ने प्रयाशमा ।
मिल्न सक्दैन त्यो मान्छे सांच्चे मानवपंतिमा ।
मान्छे मिल्दछ मान्छे भै उसको देश भक्तिमा ।

जन्मेर कूलमा ठूलो गुणवान भएपनि ।
बुद्धिमान भइ धेरै धनोपार्जन् गरे पनि ।
बन्दैनव्यक्तित्यो सच्चा देश भक्तिअभावमा ।
मान्छे निस्कन्छ मान्छे भै उसको देश भक्तिमा ।

बलमाबोलीमा हैन हैन लेखन शैलीमा ।
रुपमाशीपमा हैन हैन व्यक्तित्वमापनि ।
निश्वार्थ जनसेवावाअन्य क्यै पुरूषार्थमा ।
मान्छे निस्कन्छ मान्छे भै उसको देश भक्तिमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।