दुख्ने चित्त बनाउने : त्रिलोचनआचार्य ( कविता )

दुख्ने चित्त बनाउने : त्रिलोचनआचार्य ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस २३।

लुटाहा लुट्न चाहन्छन्, लुट्छन् जैले सुकै बढी
मिचाहामिच्न चाहन्छन्, मिच्छन् जैले सुकै चढी
दुखाई चित्त, निर्धाले बोलेर कसले सुने ?
रचनाकार कस्तो हो ?दुख्ने चित्त बनाउँने ।

आमाले जब गर्दिनन् माया सन्तानमा सम
एकैनास कसै हुन्नहिजो र आज मौसम
भनिन्न त्यत्तिकै हुन्छन् न्यायका सिङ नौ भने
स्रस्टाकै छ यहाँगल्ती, दुख्ने चित्त बनाउँने ।

हेरेर फाइदा, बन्छन् सिध्दान्त नीति कानुन
अनि उस्तै कहाँहोलाव्यवहार कता झन
म मात्यै छ तिमीमा छ अरूमा कसरी हुने
नदुखे भइहाल्थ्यो के, दुख्ने चित्त बनाउँने ।

बोकी आग्रहका राशमाथि सम्म पुर्याउने
आशीर्वाद दिनोस् भन्दै फूलपाती चढाउँने
प्रसा दनदिए चाम्रो, बन्दै उल्टै रिसाउँने
हामी छौँ, तब हो दोषी, दुख्ने चित्त बनाउने ।

सहू सहू सहे जित्छौ भन्थे अग्रजले पनि
हेरी टुलुटुलु बस्दा राम्रो रहेछ है भनी
जाने सन्तोष नै हुन्थ्यो व्यर्थै छौँ आशले रुने
कस्तो लाटो अहो ! स्रस्टा, दुख्ने चित्त बनाउने ।

धन्न बाँच्न मिलेकै छ, यो निर्धो जिन्दगीपनि
धन्न खान पुगेकै छ, खोले फाँडो भने पनि
भन्ने आदर्शको सूत्र घोकाउँने सिकाउँने
गरे हुन्थ्यो, कहाँ यस्तो, दुख्ने चित्त बनाउँने ।

टाठा बाठाहरू पाउन् निर्धक्क, गर साइन
अन्याय सहने नै हो नियति, बस “लाइन“
नदेखाईकनै आँसु घर बाहिर निस्कने
गल्ती त उसकै हो यो, दुख्ने चित्त बनाउने ।

जस्तो गरौँयहाँ हुन्छन् सधैँ ठग्नेहरू ठुला
अघि लाग्दै भएकै छन् बाटो हग्नेहरू ठुला
गन्हाएपनि, भन्नेछौँ बास्ना मग्मग आउने
भो स्रस्टा तँनगर् गल्ती, दुख्ने चित्त बनाउँने ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।