कपन जोरधारामा डिप बोरिङ्गका लागि सम्भाव्यता अध्ययन सुरु

कपन जोरधारामा डिप बोरिङ्गका लागि सम्भाव्यता अध्ययन सुरु

कपन अनलाइन

काठमाण्डौ ,पुस १३।

कपन जोरधारामा डिप बोरिङ्गका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ।

गत साउन महिनाको अन्तिम देखि सो खानेपानी वितरण बन्द भएको सो क्षेत्रमा नयाँ डिप बोरिङ्गका लागि स्थान छनौट सहित खानेपानीको उपलव्धता र भूगोलको अध्ययन आज बाट सुरु गरिएको छ।

कपन जोरधारा क्षेत्रमा नयाँ डिप बोरिङ्ग खन्ने कामका लागि अत्याधुनिक प्रविधिको प्रयोग गर्दै सम्भाव्यता अध्ययन पश्चात प्रतिवेदन तयार गरेर तत्काल खानेपानीको व्यवस्था गर्न उपभोक्ताहरुको माग संगै प्राविधिक अध्ययनको काम सुरु भएको हो।

No description available.

चाडबाड,चुनाव र कपन जोरधारा क्षेत्रका केहि उपभोक्ताको विरोधको कारण देखाउदै महिनौ सम्म रोकिएको डिप बोरिङ्गका लागि भएको सो सम्भाव्यता अध्ययनका क्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,सदस्य चन्द्रमान श्रेष्ठ , संस्थाका पुर्व अध्यक्षहरु डिल्ली प्रसाद ढकाल र धुर्वराज न्यौपाने,कोषाध्यक्ष भेष प्रसाद डोटेल सहित प्राविधिकहरुको उपस्थिति रहेको थियो।

कपन क्षेत्रमा मेलम्ची खानेपानीको पाइप लाइन विस्तार र वितरण शुरु भए संगै सरोकारवालाहरुको नजरमा कम पर्न थालेको यस संस्थाले पनि दिर्घकालिन भन्दा कामचलाउ योजनाका लागि बजेट माग्दा निकै महत्वपूर्ण संस्थाको अस्तित्व नै संकटमा पर्ने आंकलन गर्न थालिएको छ।

 

तपाइँको प्रतिक्रिया ।