चोरीको मोटरसाइकल सहित बौद्धबाट २ जना पक्राउ

कपन अनलाइन

काठमाडौं पौष १३ ।

चोरीको मोटरसाइकल सहित बौद्धबाट मंगलबार २ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको झुरझुरे गाँउपालिका ४ घर भइ हाल काठमाण्डौको जोरपाटी बस्दै आएका २३ वर्षीय करण बोम्जन र मकवानपुरको बागमती गाँउपालिका ४ घर भइ हाल काठमाण्डौको गोठाटार बस्दै आएका २६ वर्षीय नविन लोप्चन रहेका छन् ।

वास्तविक नम्बर प्लेट प्रदेश ३(०२(००९ प ४९ ०९ लाई परिवर्तन गरी बागमती प्रदेश ०२(०२१ प ८३ ८८ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित दुवैजनालाई आज ट्राफिक प्रहरीले पक्राउ गरेको हो । काठमाडौको जोरपाटीबाट हराएको उक्त  २०० सिसिको पल्सर मोटरसाइकल कमल श्रेष्ठको नाममा दर्ता रहेको अनुसन्धानबाट खुल्न आएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन  ।
मोटरसाइकल सहित पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी प्रहरी वृत्त बौद्ध पठाइएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन  ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

तपाइँको प्रतिक्रिया ।