गोकर्णेश्वर ५ मा ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम सम्पन्न

गोकर्णेश्वर ५ मा ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पौष १३ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ मा मंगलबार ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम  सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका र सशक्तीकरण अवसरको सहकार्यमा ६० वर्ष माथिका ज्येष्ठ नागरिक नगरबासीहरुलाई  शहरी स्वास्थ्य केन्द्र जोरपाटीमा दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम  सम्पन्न भएको हो ।

उक्त  कार्यक्रममा नगर प्रमुख दीपक रिसाल, उप प्रमुख सान्नानी लामा, नगर प्रवक्ता नारायण बहादुर सुवेदी, वडा नं. ६ का वडा अध्यक्ष नवराज लामा, स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय लगायत स्थानीय ज्येष्ठ नागरिकहरुको  उपस्थिती रहेको थियो ।

कार्यक्रममा करिब १७० जना ज्येष्ठ नागरिकहरुको नि:शुल्क दृष्टि परिक्षण गरिएको र १५० जनालाइ निशुल्क चस्मा वितरण गरिएको नगर प्रवक्ता एबम वडा नं ५ का वडा  अध्यक्ष नारायण बहादुर सुवेदीले कपन अनलाइनलाइ जानकारी गराए । साथै सोहि दिन वडा कार्यालयले विभिन्न टोलका प्रतिनिधिहरुलाई नगर प्रमुख र उपप्रमुखको उपस्थितीमा डस्टबिन समेत हस्तान्तरण गरिएको थियो  ।

फोटो : गोकर्णेश्वर खबर

तपाइँको प्रतिक्रिया ।