एएसबीसी अन्डर २२ को छनौटमा सुस्मा तामाङ्ग विजयी

कपन अनलाइन
काठमाडौं, पुस १२ ।
यहि जनवरी १६ देखि २८ तारिखसम्म थाईल्याण्डको राजधानी बैङककमा हुन गइरहेको अन्डर २२ पुरुष तथा महिला बक्सिंग प्रतियोगिता अन्तर्गत आज सम्पन्न भएका राष्ट्रव्यापी खुल्ला छनौट प्रतियोगितामा महिला ४८ किलो तौल समुहमा आज भएको फाईनल खेलमा जेनेक्सका तेजीमाया गुरुङ्गलाई अंकको आधारमा पराजित गर्दैै सुस्मा तामाङ्गले युनानिमस को आधारमा विजय हासिल गर्दै छनौट चरण पार गरेकी छन् ।
त्यसै गरी आज भएका पुरुष ५७ किलो तौल समुहमा केवाईबीसीका निर्मल सुबेदीले नक्सालका आयुश्मान चटौतलाई एबीडीको आधारमा पराजित गर्दै सेमि फाईनलमा प्रवेश गरेका छन । त्यसै गरी महिला ५७ किलो तौल समुहमा बक्समाण्डुका हेमा राईले झापाका सुस्मिता राईलाई अंकको आधारमा पराजित गर्दै छनौट चरण पार गरेका छन् ।
त्यसैगरी पुरुष ४८ किलो तौल समुहमा भएको फाईनल खेलमा बक्समाण्डुका लक्ष्मण राई र एचटुओका लाल प्रसाद उप्रेतिबीच भएको खेलमा स्पलिट डिसिजनका आधारमा एचटुओका लाल प्र्रसाद उप्रेति छनौट भएका छन् ।
सदस्य सचिव टंकलाल घिसिङ्गको प्रमुख आतिथ्यतामा भएको आजको राष्ट्रव्यापी बक्सिङ्ग छनौटमा नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, महासचिव सविन भट्टाचार्य, कोषाध्यक्ष गौतम सुजखु, सदस्यहरु, मान बहादुर भण्डारी, ओम नारायण श्रेष्ठ, पुष्कर राज पन्त, श्याम काजी अवाले, शोभार जंग केसी तालिम तथा प्रशिक्षण विभागका प्रमुख तथा बक्सिङ्ग मुख्य प्रशिक्षक प्रचण्ड शर्मा लगायतको उपस्थिति रहेको थियो ।
छनौट चरणका अन्य खेलहरु भोलि दिनका १ः०० बजे सञ्चालन हुनेछन् ।

तपाइँको प्रतिक्रिया ।