गोकर्णेश्वर नगरपालिकामा दोस्रो मेयर कप खुल्ला करांते प्रतियोगिता शुक्रबार बाट शुरु
कपन अनलाइन
काठमाडौं पौष ९ ।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ गोकर्णेश्वर नगरपालिकामा दोस्रो मेयर कप खुल्ला करांते प्रतियोगिता २०७९ शुक्रबार बाट शुरु भएको छ । गोकर्णेश्वर नगरपालिकार युवा खेलकुद विकास समितिको आयोजना तथा तोयाकान नेपाल बादो-रियो करांते संघको संयोजकत्वमा गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित लर्ड्स लाइट एकेडेमीको प्रांगणमा पौष ८ र ९ गते गरि दुइ दिन सम्म संचालन हुने उक्त प्रतियोगितामा बिभिन्न नगरपालिका बाट करिब ५५० जना खेलाडीहरुले कुमिते र काता विधामा कुल ३० स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्नेछन।
शुक्रबार उक्त प्रतियोगिताको काठमाडौं निर्वाचन क्षेत्र नं ३ का संघिय सांसद सन्तोष चालिसे, शान्ती श्रेष्ठ र प्रदेश सभा सदस्य छिरिंग दोर्जेलामाले पानसमा दिप प्रज्वलन तथा खेलकुद सामग्री हस्तान्तरण गरि उद्घाटन गरेका हुन ।
तोयाकान नेपाल बादो-रियो करांते संघका अध्यक्ष तथा गोकर्णेश्वर नगरपालिकार युवा खेलकुद विकास समितिका संयोजक संजय लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा वडा सदस्य बच्चुराम शर्मा कुइकेल, पुर्व वडा अध्यक्ष रमेश अर्याल, गोकर्णेश्वर नगरपालिकार युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख दण्डपाणी शर्मा अधिकृत टेकेन्द्र ढकाल, राम नारायण शाह ,नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको केन्द्रीय अध्यक्षमा साम्देन लामा लोकतान्त्रिक खेलकुद संघका फुर्साङ लामा तामाङ ,तोयाकान नेपाल बादो-रियो करांते संघका प्रमुख सल्लाहकार शम्भु प्रसाद अधिकारी,
तोयाकन नेपाल बादो- रियो कराते –डो संघ का महासचिब एबम प्रमुख प्रशिक्षक अरुण कुमार कार्की लर्ड्स लाइट एकेडेमीका प्रिन्सिपल निराजन आचार्य ,नगर खेलकुद विकास समिति मुवाथाई संयोजक सानुकान्छा श्रेष्ठ ,तोयाकान नेपाल बादो-रियो कराते डो एसोसिएसनका उपाध्यक्ष अजय भक्त श्रेष्ठ सहित खेलाडी रेफ्री र खेल प्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमतोयाकान नेपाल बादो-रियो कराते संघका सचिव ओम प्रसाद ढकालले संचालन गरेका थिए ।
कार्यक्रममा तोयाकान नेपाल बादो-रियो करांते संघका प्रमुख सल्लाहकार शम्भु प्रसाद अधिकारी,नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको केन्द्रीय अध्यक्षमा साम्देन लामा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रममा प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै खेलकुदको बिकासका लागि नया भिजन र योजना सहित आएमा त्यसलाई कार्यन्वयन गर्न आफुहरुको सहयोग रहने बताएका थिए।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य शान्ती श्रेष्ठले खेलकुदको बिकासमा आफ्नो ठाउ बाट सक्ने सहयोग गर्ने बताउदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेकी थिइन । प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै प्रतीनिधि सभा सदस्य सन्तोष चालिसेले आफु नगरपालिका प्रमुख हुँदा देखिनै खेलकुदको बिकासका लागि धेरै काम गरेको बताए ।
उनले नगरपालिका बाट विदेशमा खेल्न जाने खेलाडीहरुको खर्च बेहोर्ने देखि लिएर बिभिन्न प्रतियोगिता आयोजना गरेको स्मरण गरेका थिए । उनले यस्ता प्रतियोगिताले खेलाडी भित्र रहेको प्रतिभा प्रष्फुटन गर्न सहयोग मिल्ने भन्दै खेलकुदको बिकासमा आफुले सकेको सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गरेका थिए ।
कार्यक्रममा लर्ड्स लाइट एकेडमीका बिद्यार्थीहरुले स्वागत नृत्य मार्फत मनोरञ्जन प्रदान गरेका थिए । अध्यक्षताको आसन बाट बोल्दै तोयाकान नेपाल बादो-रियो करांते संघका अध्यक्ष तथा गोकर्णेश्वर नगरपालिकार युवा खेलकुद विकास समितिका संयोजक संजय लामाले उपस्थित सबैलाई धन्यवाद दिदै प्रतियोगीता सफलताको शुभकामना ब्यक्त गरेका थिए ।