शंखरापुर नगरपालिकामा मेयर संग निशुल्क घर दैलो स्वास्थ्य सेवा निरन्तर….
कपन अनलाइन
काठमाडौं पौष ८। शंखरापुर नगरपालिकामा मेयर संग निशुल्क घर दैलो स्वास्थ्य सेवा निरन्तर जारी रहेको छ । असोज महिना देखि शुरु भएको उक्त सेवाले निरन्तरता पाउदै आएको छ ।नगरप्रमुख रमेश नापितले शंखरापुर नगरपालिका वडा नंबर १ छाप भञ्ज्याङ बाट शुभारम्भ गरेको उक्त अभियान अन्तर्गत पौष ७ गते शंखरापुर वडा नं १ मा भएको मेयर संग नि:शुल्क घर दैलो स्वास्थ्य सेवा अन्तर्गत शंखरापुर वडा नं १ मा ३८ जना महिला र २० जना पुरूष गरि ५८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको नगर प्रवक्ता एबम वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए ।
उनका अनुसार आज शुक्रबार शंखरापुर वडा नं १ कै नाङ्गे बजारमा उक्त सेवा संचालन हुने पनि जानकारी गराए । शंखरापुरबासीलाई सर्वसूलभ रुपमा स्वास्थ्य सेवा दिन सुष्मा कोइराला अस्पतालसँग सम्झौता गरेर ७ प्रकारका सेवा निःशूल्क र ११ वटा स्वास्थ्य सेवाहरु ३० देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जानकारी दिदै प्रवक्ता श्रेष्ठले शंखरापुर नगर अस्पतालमा डाक्टर नर्स नियुक्त गरेर उपचारका लागि सहज अस्वस्था तयार पारेको बताए ।अस्पतालसम्म पुग्न नसक्नेहरुका लागि घरदैलोमा आएर स्वास्थ्य सेवा दिने कामको सुरुवात भएको बताए ।वडा नंबर १ बाट उद्घाटन भएको यो कार्यक्रम क्रमिक रुपमा शंखरापुर नगरपालिकाका सबै वडामा कार्यान्वयन गर्दै जाने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।