२० वर्ष पछि बन्द हुने अवस्थामा कपन जोरधारा : खानेपानीमा राजनीतक खेलबाड

२० वर्ष पछि बन्द हुने अवस्थामा कपन जोरधारा : खानेपानीमा राजनीतक खेलबाड

कपन अनलाइन

काठमाण्डौ ,पुस १२।

करिव २० वर्ष देखि बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ का विभिन्न स्थानमा खानेपानीको सेवा उपलव्ध गराउदै आएको कपन जोरधारा खानेपानी संरक्षण संस्था बन्द हुने अवस्थामा पुगेको छ।

गत साउनको अन्तिम साता डिप बोरिङ्ग बन्द भएर खानेपानी वितरणको सेवा अवरुद्ध भएपनि हाल सम्म समस्याका समाधानका लागि भन्दै आयोजना गरिएका बैठक ,छलफल र अन्तरक्रिया कार्यक्रमहरुले कुनै निस्कर्ष ननिकाल्दा कपन क्षेत्रका हजारौ उपभोक्ताहरु किनेर   खानेपानी खान बाध्य भैरहेका छन।

पुस २ गते बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा भएको सरोकारवाला विचको अन्तरक्रिया पनि स्पस्ट निर्णयमा नपुगी टुंगिएपछि अहिले सम्म समस्या समाधानका लागि खास देखिने र प्रभावकारी पहल नभएको संस्थाका एक पुर्व अध्यक्ष बताउछन।

चुनाव र चाडबाडको कारण देखाएर लामो समयसम्म खानेपानी जस्तो संवेदनशील विषयमा राजनीति भएपछि आजित भएका हजारौ पिडित उपभोक्ताहरुले नगरपालिका घेराउ गर्ने चेतावनी दिएको अवस्थामा बुढानिलकण्ठ नगरपालिकाले निर्णायक र स्पस्ट पहल लिनुपर्ने बताउदै उनले सामान्य स्थलगत समस्या देखाएर अत्यावस्यक सेवा बन्द गर्नु उचित नरहेको धारणा राखेका छन।

संस्थाको क्षेत्र र प्रभाव विस्तार भएसंगै स्थानीय राजनीतिक दलहरुले राजनीति गर्ने मैदान  बनाएको कपन क्षेत्रका हजारौ घरधुरी सदस्य रहेको कपन जोरधारा संरक्षण संस्थामा लामो समय देखि भागबन्डामा पदाधिकारी र सदस्यहरु चयन हुदै आएका छन।

२०५९ सालमा स्थापना भएको यस संस्थाले सप्ताह महायज्ञ आयोजना गर्दै जोर ट्युब वेलबाट पूर्वाधार विस्तार गर्दै खानेपानीको चरम अभाव रहेको समयमा हजारौ उपभोक्ताहरुलाई खानेपानीको सेवा उपलव्ध गराउदै आएको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का डिल्ली प्रसाद ढकाल संस्थापक रहेको समिति र संरक्षक केबी मरहट्टाको अथक पहल र सक्रियतामा कपन जोरधारा खानेपानी संरक्षण संस्था साविक कपन गाविसमा राजनीतिक अस्तित्व देखाउन सकिने प्रभावशाली मंच बनेपछि दोश्रो कार्यसमिति गठन देखि नै राजनीतिक भागबन्डा सुरु भएको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा मुख्य पूर्वाधार र केन्द्र रहेको यस संस्थाको २०७५ सालमा भएको साधारण सभामा पनि राजनीतिक दलका आधारमा पदाधिकारी तथा सदस्यहरु चयन गरिएको थियो।

सो साधारण सभाले नेकपा एसका ठाकुर प्रसाद खकुरेललाई अध्यक्ष चयन गरेको थियो भने प्रथम उपाध्यक्षमा नेपाली कांग्रेसका टंक सापकोटा ,दितीय उपाध्यक्षमा नेकपा एमालेका शालिकराम भट्टराई र तृतीय उपाध्यक्षमा नेपाली कांग्रेसका राम प्रसाद लुइँटेललाई चयन गरेको थियो।त्यस्तै सो संस्थाको महासचिवमा नेकपा एमालेका कुमार कसजु रहेका छन भने सचिव र कोषाध्यक्षमा नेपाली कांग्रेसका निर्मला दाहाल र भेष बहादुर डोटेल रहेका छन।

कुनै समय कार्यक्रम संचालक समेत राजनीतिक दलको भागबन्डामा तय गरिने सो संस्थाको साधारण सभाले आम उपभोक्ता विचको छलफलबाट भन्दा पनि स्थानीय पार्टीको सिफारिसमा कार्यसमिति चयन गर्दा  देखिएको चरम र डरलाग्दो समस्यमा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापा र प्रदेस सभा सदस्य जयराम थापा संग  पनि उपभोक्ताहरुले असन्तुस्टी व्यक्त गर्न थालेका छन।

हजारौ घरधुरी खानेपानी जस्तो अत्यावस्यक सेवाबाट बन्चित बन्दा पनि माननीय ज्युहरु अनविज्ञ कि मौन ? एक उपभोक्ताले प्रश्न गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।