नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने

नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने

कपन अनलाइन 

काठमाडौं पौष ५।

नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने भएका छन् । मंगलबार बिहान बसेको बैठकले कोइराला समूहबाट संसदीय दलको नेतामा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ । हाल कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकामा ३२ गरी ८९ सांसद छन् ।

संस्थापन पक्षबाट भने सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दलको नेतामा उम्मेदवार बन्ने तयारीमा छन् ।

तपाइँको प्रतिक्रिया ।