कागेश्वरी मनोहरा नगरपालिकाले लोकसेवा आयोगको  तयारी कक्षा सञ्चालन गर्ने

कागेश्वरी मनोहरा नगरपालिकाले लोकसेवा आयोगको  तयारी कक्षा सञ्चालन गर्ने

कपन अनलाइन

काठमाडौँ पौष ४ । कागेश्वरी मनोहरा नगरपालिकाले लोकसेवा आयोगको  तयारी कक्षा सञ्चालन गर्ने भएको छ।  नगरपालिकाले सार्वजनिक सुचना जारि गर्दै दलित, आदिवासि/जनजाति, महिला र अपाङ्गता तथा पिछडिएको क्षेत्रका लागि लोकसेवा आयोगको  तयारी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिएको छ ।

निजामती सेवामा दलित तथा महिलाको पहुँच अभिवृद्धि तथा निजामती प्रशासनप्रति अभिरुचि जगाउने उद्देश्यले तयारी कक्षा सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ। तयारी कक्षामा सहभागि हुन चाहनेहरूले १५ दिनभित्र आवश्यक कागजातसहित निवेदन दिन नगरपालिकाले प्रकाशित गरेको सूचनामा भनिएको छ।

राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) तथा राजपत्र अनङ्कित द्धितीय श्रेणी (खरिदार) को पाठ्यक्रममा आधारित कक्षा सञ्चालन हुनेछन् । नगरपालिका भित्र बसोबास गर्नेलाई प्राथमिकता दिइने   सार्वजनिक सुचनामा     उल्लेख गरिएको छ।

तपाइँको प्रतिक्रिया ।